०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

अमेरिका र बेलायतका विदेशमन्त्री युक्रेनमा

रुस र युक्रेनवीच युद्ध लम्बिरहेको बेला अमेरिका र बेलायतका विदेशमन्त्रीहरु युक्रेन पुगे
अमेरिका र बेलायतका विदेशमन्त्री युक्रेनमा

 

न्यू योर्क। रुस युक्रेनवीच युद्ध लम्बिरहेको बेला अमेरिका बेलायतका विदेशमन्त्रीहरु युक्रेन पुगेका छन् आफ्नो बेलायत भ्रमणपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेनको राजधानी किभ पुगेका हुन् ।रुसले इरानी क्षेप्यास्त्र पाएको खबरले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराउने बहसलाई बेलायतले नयाँ मोड दिएको बताएको छ।

 

युक्रेन भ्रमणमा रहेका बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले बीबीसीसँग भने, ‘रुसको भित्री भागसम्म प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र दिनेबारेको बहस अब परिवर्तन भएको छ।

 

लन्डनमा भएको वार्तापछि लामी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेनको राजधानी किभ पुगेका हुन् बेलायतले किभलाई ६० करोड पाउन्ड सहयोग गर्ने घोषणा गरेका छन्। यस क्रममा उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटे। जेलेन्स्कीले आफ्ना सहयोगीहरूसँग लामो दूरीका क्षेप्यास्त्र आपूर्ति प्रयोगको अनुमति दिन लगातार माग गरिरहेका छन्। 

 

अमेरिका बेलायतले युद्ध थप बढ्ने भन्दै रुसको भित्री भागसम्म प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र  प्रयोग गर्न अनुमति दिएका छैनन्। बीबीसीका अनुसार बुधबार जेलेन्स्कीले भनेयुद्धमा रुसविरुद्ध किभको जित धेरै हदसम्म संयुक्त राज्य अमेरिकाको समर्थनमा निर्भर हुन्छ। 

 

युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले इरानले रुसलाई क्षेप्यास्त्र आपूर्ति गरिरहेको खबर आएका बेला लामो दूरीका क्षेप्यास्त्रमा लगाइएको प्रतिबन्ध हटाउनु आवश्यक भएको बताए। लामीले बीबीसीसँग कुरा गर्दै इरानले रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र आपूर्ति गरिरहेको अब उसका सेनाले युक्रेनभित्र प्रहार गर्न सक्ने बताए। उनले भने, ‘यो निकै खतरनाक छ। रुस आफ्ना सहयोगीहरूसँग मिलेर काम गरिरहेको छ। त्यसैले हामीले युक्रेनलाई थप मद्दत गर्नुपर्छ।

 

 

प्रतिक्रिया