०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

लेबानानमा ‘पेजर’ विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुग्यो, ३ हजारबढी घाइते

विष्फोटबाट घाइते मध्ये झण्डै २ सयको अवस्था गम्भीर रहेको छ ।
लेबानानमा ‘पेजर’ विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुग्यो, ३ हजारबढी घाइते

न्यू योर्क। लेबनानको सैनिक समूह हेजबुल्लाहले प्रयोग गर्नेपेजरविस्फोटमा परि मृत्यु हुनेको सख्या १२ पुगेको छ। मुत्यु हुनेमा दुई बालक अन्य सैन्य सदस्यहरु रहेको हेजबुल्लाहले जनाएका छ। विष्फोटमा परी तीन हजार भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। 

इरान समर्थित लेबनानी सैन्य समूह हेजबुल्लाहले प्रयोग गर्दै आएको पेजर मंगलबार दिउसो लेबानानका विभिन्न शहरमा एकै समयमा विस्फोट भएको थियो। विष्फोटबाट घाइते मध्ये झण्डै सयको अवस्था गम्भीर रहेको लेबानानको स्वास्थ्य मन्त्रालयले जनाएका बिबिसीले उल्लेख गरेको  विष्फोटमा इजरायल जिम्मेवार रहेको भन्दै हिजबुल्लाहले बदला लिने चेतावनी दिएको छ। 

लेबनानमा लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले सञ्चारका लागि प्रयोग गर्ने हाते पेजरहरू विस्फोट भएको हो। मोबाइल प्रयोग गर्दा लडाकु समूहको सजिलै पहिचान हुने भन्दै सो समूहले पेजर प्रयोग गर्दै आएको थियो। समाचार संस्था एएफपीका अनुसार ज्यान गुमाउनेमा हेजबुल्लाह सांसद अलि अमरका छोरा अर्का एक नेताकी १० वर्षीया छोरी समेत छन्। 

बिबिसीका अनुसार लेबनानका विभिन्न स्थानमा एकैसाथ ती उपकरणहरू पड्किएका थिए। एउटा विस्फोटनमा बेरुतमा कार्यरत इरानी राजदूत पनि घाइते भएका छन् लेबनानका लागि इरानी राजदूतकी पत्नी मोज्ताबा अमानीले आफ्ना पति सामान्य घाइते भएका उनको उपचार भइरहेको बताएकी छन्। घाइते भएकमाध्ये अधिकांशको कम्मर, अनुहार, आँखा हातमा चोट लागेको बताइएको छ। 

हिजबुल्लाहले विस्फोटका लागि इजरायल जिम्मेवार रहेको बताउँदै घटनाको बदला लिने चेतावनी दिएको छ। पेजर विस्फोटनको घटनाबारे इजरायली सेनाले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ। समाचार संस्था रोयटरर्सले उच्च श्रोतलाई उल्लेख गर्दै जनाए अनुसार विष्फोटको घटनामा इजरायलका जासुसी संस्था मोसौदले पेजरमा विष्फोटक पदार्थ राखेको उल्लेख गरेको छ। नाम उल्लेख गर्न नचाहने एकजना विस्फोटक पदार्थ विज्ञले पेजर निर्माण गर्ने बेलामा नै १० ग्राम वा २० ग्राम सैन्य प्रयोजनको अतिविस्फोटक पदार्थ ती साधनमा राखिएको हुन सक्ने आशंका व्यक्त गरेका वाल स्ट्रिट जर्नलले जनाएको ताइवानी ब्राण्डको उक्त पेजर हंगेरीमा निर्माण गरिएको जनाइएको छ। 

 

प्रतिक्रिया