०१ वैशाख २०८३, मङ्गलबार
Tue, Apr 14, 2026
SUBSCRIPTION

शेर्पा संघ अमेरिकाले शुभकामना आदानप्रदान गरी २१५३ औँ मे फो तलो ग्याल्पो लोसार मनाए

शेर्पा संघ अमेरिकाले शुभकामना आदानप्रदान गरी २१५३ औँ मे फो तलो ग्याल्पो लोसार मनाए

न्यू योर्क। शेर्पा संघ अमेरिकाले २१५३ औँ मे फो तलो ग्याल्पो लोसार (घोडा वर्ष) को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाएको   संघका अध्यक्ष एपी लामा शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली महावाणिज्यदुतावासका महावाणिज्यदूत दधिराम भण्डारी प्रमुख अतिथीको रुपमा सहभागी थिए  

फेब्रुअरी २८ शनिबार न्यूयोर्ककोमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी महावाणिज्यदूत भण्डारीले लोसारको समग्र शेर्पा समुदायलाई ग्याल्पो लोसारको शुभकामना व्यक्त गरेका थिए  बिषेश अथिति धर्म गुरु टुल्कु रिन्पोछे उर्गेन खम्बचे शेर्पाले लोसारको शुभकार्यको मोन्लम प्रक्तिकको पुजा गरेका थिए संघका सल्लाहकार ङवाङ फिन्जो शेर्पा, संरक्षक पासाङ काजी शेर्पा, युनाइटेड शेर्पा एशोशिएसन शेर्पा किदुग अमेरिकाका अध्यक्ष तेम्बा शेर्पा, प्रवक्ता फरादेण्डी शेर्पा, ग्लोबल शेर्पा संघका महासचिव आङ जाङबु शेर्पा, एनआरएनए एन सि.सि का उपाध्यक्ष आङ छिरिङ शेर्पा, शेर्पा संघ अमेरिकाको सल्लाहकार तेण्डी शेर्पाशेर्पा संघ अमेरिका सल्लाहकार पेम्बा ग्याल्जेन शेर्पाले तल्हो ग्याल्पो लोसारको शुभकामना व्यक्त गरेका थिए  

त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङनेपाली जनसम्पर्क समिति न्युयोर्कका अध्यक्ष दिनेश भण्डारी, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बाशु लामिछाने, न्युयोर्क राज्यका डेमोक्रेटिक पार्टीका प्राईमरी संसदको उम्मेदवार सोमनाथ घिमिरे, किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष पुरण लिम्बु, शेर्पा संघ अमेरिकाका संरक्षक सदस्य डोल्मा शेर्पा संघका संरक्षक सदस्य मिङ्मार शेर्पा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए  

कार्यक्रम संघका महासचिव छिरिङ टकतोक शेर्पाले सञ्चालन गरेका थिए  

शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना कार्यक्रम गरी मनाउँदै आएको

प्रतिक्रिया