०१ वैशाख २०८३, मङ्गलबार
Tue, Apr 14, 2026
SUBSCRIPTION

शेर्पा संघ अमेरिकाको अध्यक्षमा पुनः पासाङ दोर्जी (एपी लामा) शेर्पा

शेर्पा संघ अमेरिकाको अध्यक्षमा पुनः पासाङ दोर्जी (एपी लामा) शेर्पा

 

 

न्यू योर्क। शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशनले अध्यक्षमा पुनः पासाङ दोर्जी (एपी लामा) शेर्पालाई चयन गरेको न्यू योर्कको ज्याक्सनहाइटस्थित शेर्पा किदुगको गुम्बामा सम्पन्न अधिबेशनले पुनः एपी लामा शेर्पाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। 

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा आङछिरी शेर्पा, उपाध्यक्षमा मिना लामा शेर्पा, महासचिवमा छिरिङ शेर्पा, सचिवमा लाक्पा थिले, कोषाध्यक्षमा निमा दोर्जी शेर्पा सह-कोषाध्यक्षमा गेलु शेर्पालाई चयन गरेको छ।

त्यस्तै सदस्यहरुमा मिगिर शेर्पा, गेल्जी शेर्पा, साम्देन शेर्पा, याङ्जी शेर्पा निर्बाचित भएको शेर्पा संघ अमेरिकाले जनाएको छ। 

नेपालको विभिन्न जिल्लाबाट अमेरिका आएर विभिन्न पेशा व्यवसायमा संलग्न शेर्पाहरुको उपस्थिति थियो। 

संघका अध्यक्ष पासाङ दोर्जी एपी लामा शेर्पाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम धर्मगुरु डा.युला शेर्पाको प्रमुख आतिथ्य तथा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष तोरण गुरुङले शुभकामना व्यक्त गरे कार्यक्रममा लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव आङदावा शेर्पा, बिश्व शेर्पा संघका वरिष्ठ उपाध्यक्ष निमा शेर्पा, शेर्पा किदुगका अध्यक्ष .तेम्बा शेर्पा, एनआरएन न्युयोर्क च्याप्टरका उपाध्यक्ष लक्ष्मी थापा लगायतको उपस्थिति थियो।

प्रतिक्रिया