०६ चैत २०८२, शुक्रबार
Fri, Mar 20, 2026
SUBSCRIPTION

दुर्गा प्रसाईँ फेरि पक्राउ

दुर्गा प्रसाईँ फेरि पक्राउ

काठमाडौं । विभिन्न अभिव्यक्तिमार्फत हिंसा भड्किनेगरी अराजक गतिविधि गरेको आरोपमा व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई प्रहरीले फेरि पक्राउ गरेको छ।

प्रहरीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीलाई भक्तपुरस्थित घरबाट सोमबार मध्यराततिर पक्राउ गरेको हो। प्रसाईँलाई सार्वजनिक अभिव्यक्तिबाट हिंसा उकास्ने, कानून-व्यवस्थामा खलल पुर्‍याउने तथा अराजकता फैलाउने प्रयास गरेको आरोप लगाइएको छ।

यसअघि पनि प्रसाईँ १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका थिए। सो क्रममा उनीमाथि आन्दोलनका क्रममा देखिएका हिंसात्मक घटनासम्बन्धी आरोप लागेको थियो। तर अदालतको आदेशपछि उनी छुटेका थिए।

राजतन्त्र पुनर्स्थापनाको वकालत गर्दै आएका प्रसाईँ हाल पनि राजावादी गतिविधि गर्दै आएका छन्। बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने, राजनीतिक व्यवस्थामाथि प्रश्न उठाउने लगायत माग राख्दै उनले फेरि आन्दोलनको तैयारी गरिरहेकामा सुरक्षा निकायले चासो व्यक्त गर्दै आएको थियो।

प्रहरीले आवश्यक अनुसन्धानपछि उनको विरुद्ध थप कानूनी प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया