०६ चैत २०८२, शुक्रबार
Fri, Mar 20, 2026
SUBSCRIPTION

नेकपा एमालेको अध्यक्षमा केपी ओली पुनः निर्वाचित, पदाधिकारीमा ओली प्यानलकै वर्चश्व

अध्यक्षका प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै ओली तेस्रो कार्यकालका लागि पार्टी नेतृत्वमा चयन भएका हुन् । ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै विजयी हुँदा प्रतिद्धन्दी पोखरेल ५६४ मत प्राप्त गरेका थिए। ।
नेकपा एमालेको अध्यक्षमा केपी ओली पुनः निर्वाचित, पदाधिकारीमा ओली प्यानलकै वर्चश्व

काठमाडौ । नेकपा एमालेको काठमाडौमा सम्पन्न एघारौं महाधिवशनबाट केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै ओली तेस्रो कार्यकालका लागि पार्टी नेतृत्वमा चयन भएका हुन् । ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै विजयी हुँदा प्रतिद्धन्दी पोखरेल ५६४ मत प्राप्त गरेका थिए। । 

काठमाडौमा भृकुटीमण्डपमा भएको मतदान झण्डै २२ घण्टा लगाएको सकिए लगतै गनना शुरु भएको थियो । मतदानमा कुल २ हजार २ सय ६२ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका थिए । 
महासचिवमा ओली प्यानलकै शंकर पोखरेल विजयी भएका छन् । उनले १ हजार २ सय २८ मत प्राप्त गरे । ईश्वर पोखरेल प्यानलका सुरेन्द्र प्रसाद पाण्डेले शंकर पोखरेललाई कडा टक्कर दिदै ९९९ मत ल्याएका थिए । शंकर पोखरेल पनि लगातार दोस्रो कार्यकालका लागि महासचिव निर्वाचित भएका हुन् ।

उपाध्यक्ष पदमा पाँचजना निर्वाचित भएका छन् । पृथ्वी सुब्बा गुरुङले १ हजार ७ सय ३७, विष्णु प्रसाद पौडेलले १ हजार ६ सय ७५, रामबहादुर थापा ‘बादल’ले १ हजार ५ सय १६, गोकर्णराज विष्टले १ हजार ३ सय ६८ र रघुजी पन्तले १ हजार २ सय ५८ मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित विष्ट पोखरेल प्यानलका हुन् । उपाध्यक्ष पदका प्रत्यासी ओली प्यानलका गुरुप्रसाद बराल पराजीत भएका छन् भने पोखरेल पक्षका बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, अरुण नेपाल, टंकप्रसाद कार्की र भीमप्रसाद आचार्य पराजित भए ।

यसैगरी उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन् । भट्टले १ हजार ४ सय ५२, महासेठले १ हजार ३ सय ६८ र भट्टराईले १ हजार ३ सय ४८ मत प्राप्त गरे । योगेश पोखरेल प्यानलबाट निर्वाचित भएका हुन् । ओलीका विश्वास पात्र विष्णु रिमाल पराजीत भए। यस्तै पोखरेलपक्षका आनन्द प्रसाद पोखरेल, वैजनाथ चौधरी र राजेन्द्रप्रसाद गौतम पनि उपमहासचिवमा पछि परेका छन् । 

सचिव पदमा भने सबै नौ जना ओली प्यानलबाट निर्वाचित भएका छन् । लोकप्रिय मतमा सबैभन्दा अगाडि महेश बस्नेत रहे । बस्नेतसंगै पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यमलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल सचिवमा विजयी भए । बस्नेतले सबैभन्दा बढी १५४४ मत ल्याए । यस्तै अर्यालले १५३०, विश्वकर्माले १५०६, राईले १५०३, अधिकारीले १२३१, कार्कीले १३३७, कँडेलले ११८५, भट्टराईले ११८१ र ढकालले ११०८ मत पाए ।

सचिवमा पोखरेल प्यानलका गोकुलप्रसाद बास्कोटा १०३० मत ल्याएर पनि पराजीत भए । पोखरेल प्यानलका ठाकुरप्रसाद गैरे, रचना खड्का, कर्णबहादुर थापा, अग्नि प्रसाद खरेल, विनोद प्रसाद ढकाल, कृष्ण गोपाल श्रेष्ठ, पेम्बा लामा, लाल बाबु पण्डित, इन्द्रलाल साप्कोटा र पुरुषोत्तम पौडेल पराजित भएका छन् । महाधिवेशनमा १९ मध्ये १७ पदाधिकारी ओली प्यानलबाट आएका छन् । ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी भए ।

प्रतिक्रिया