०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

सिसेःक्पा तङ्नाम ५०५८ सम्पन्न

सिसेःक्पा तङ्नाम ५०५८ सम्पन्न

न्यू योर्क। लिम्बू जातिको महान चाड सिसेःक्पा तङ्नाम ५०५८ सम्पन्न आइतबार सम्पन्न भएको छ। किरात याक्थुङ चुम्लुङ (कियाचु) अमेरिकाले न्यू योर्क सिटीको क्विन्सब्रिज पार्कमा सिसेःक्पा तङ्नाम आयोजना गरेको हो।

कार्यक्रममा कियाचु अमेरिकाका अध्यक्ष पुरन पयाङ्गो लिम्बूले सिसेःक्पा तङ्नामका अवसरमा लिम्बू समुदाय तथा सम्पूर्ण नेपालीलाई शुभकामना प्रदान गरे। 'प्रकृतिपूजक लिम्बू समुदायले पृथ्बीमा आएको ठूलो विपत्ति अन्त्य गर्न तागेरा निङ्वाफुमाङबाट आशीर्वाद पाएको खुशियाली मनाउन सिसेःक्पा तङ्नाम आयोजना गरिन्छ,' अध्यक्ष पयाङ्गो लिम्बूले भने, 'यो अनिकाल भगाउने र सहकाल बोलाउने चाड हो।'


कार्यक्रमका प्रमुख अतिथि न्यू योर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले सिसेःक्पा तङ्नामको शुभकामना दिए। 'प्रवासमा रहेर पनि नेपाली चाडपर्व र रीतिरिवाजलाई निरन्तरता दिनु र अर्को पुस्तालाई हस्तान्तरण गर्नु मातृभूमिप्रतिको सेवा हो,' उनले भने।


कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) का अध्यक्ष तोरण गुरुङले सिसेःक्पा तङ्नाम ५०५८ को उपलक्ष्यमा शुभकामना दिए। कार्यक्रममा नेपाली समुदायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका प्रतिनीधि तथा न्यू योर्क सिटी र आसपासका राज्यमा बसोबास गर्ने नेपालीहरू थिए।
कार्यक्रममा परम्परागत लिम्बू नृत्य केलाङ र यालाङ (धान नाच) प्रस्तुत गरिएको थियो। लिम्बू समुदायको परम्परागत भेषभुषा र बाजागाजाबाहेक कार्यक्रममा परम्परागत खाना र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो।  

तस्बीर कथाः

 फोटोः देवी इजम

प्रतिक्रिया