लुजियानाको टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा परी मृत्यु भएको छ । टेक विश्वविद्यालयले प्रेस विज्ञप्ती जारी गर्दै गएराती परेको भारी बर्षाका कारण भएको कार दुर्घटनामा परी कारमा सवार दुई जना विद्यार्थीको निधन हुनुका साथै दुई जना घाइते भएको जनाएको छ । नेपाली विद्यार्थी २२ बर्षिय राजन यादव र २० बर्षिय रोजिन वलीको घटनास्थलमा नै मुत्यु भएको लुजियाना स्टेट प्रहरीले जनाएको छ ।
राजनले चलाएको होण्डा एकोर्ड गाडी सडकबाट बाहिर गई रुखमा ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनापछि कारमा आगो लागेको थियो । लुजियाना स्टेट प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ । यसैबीच, मृतक दुवै विद्यार्थीहरुको अन्तिम संस्कार गर्नका लागि परिवारको अनुमतिमा गोफन्ड मी शुरु गरिएको छ । गोफन्ड मी मार्फत डोनेशन गर्नका लागि तलको लिंकमा गएर सहयोग गर्न सकिने छ।
To support Rajan Yadav and Rojin Oli Final Rites





प्रतिक्रिया