०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

कथावाचिका ​राधिका दासीले अमेरिकामा पहिलो पटक प्रवचन दिने

कथावाचिका ​राधिका दासीले अमेरिकामा पहिलो पटक प्रवचन दिने

 

स्यानफ्रान्सिस्को प्रख्यात कथावाचिका राधिका दासी (माता) ले धार्मिक एवं अध्यात्मिक प्रवचन दिने कार्यक्रम अध्यात्म चेतनाकी प्रवर्तक समेत रहेकी दासीले स्यानफ्रान्सिकोको रिचमण्डमा अवस्थित मुक्तिनाथ मन्दिर परिसरमा तीन दिन शिव महिमा प्रवचन तथा सत्संग कार्यक्रममा प्रवचन दिने कार्यक्रम तय भएको हो मातृभूमि नेपालको आयोजनामा यही जुलाई २६, २७ २८ तीन दिन प्रवचन दिने कार्यक्रम रहेको  

हिन्दु धर्मावलम्वीहरुका लागि श्रावण महिनामा शिव महिमा एवं शिव स्तुतिका लागि निकै महत्वपूर्ण मानिन्छ कार्यक्रमको पहिलो दिन मुक्रिनाथ धाम परिसरमा कलश यात्रा, प्रवचन, सत्संग एवं भजन कीर्तन कार्यक्रम हुने मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए।

कथावाचिका दासीवाट श्रावण महिनामा हुने शिव महिमा एवं शिव स्तुती सत्संगवाट  बे एरिया आसपासका नेपाली भक्तजनहरुलाई अध्यात्मिक चेतनाको विकासमा प्रेरणादायी भूमिका खेल्न सहयोग पुग्ने अध्यक्ष पाण्डेले बताए  

राधिका दासी ( माता ) ले आफू अमेरिकामा रहेका भक्तजन एवं अध्यात्मिक दर्शक एवं श्रोतासँग हुने सत्संग कार्यक्रमका लागि उत्साही रहेको प्रतिकृया दिएकी छन् कथावाचिका दासीले आफ्नो भ्रमणवाट नेपालको अध्यात्म ज्योती अमेरिकाभर फैलने विश्वास व्यक्त गर्दै मुक्तिनाथ धाममा हुने शिव महिमा एवं सत्संगमा सरिक हुन सबैमा आव्हान गरेकी छन्  

अध्यक्ष पाण्डेले राधिका माताजी सबैका लागि प्रेरणा ऊर्जाको प्रतिक रहेकोले उहाँको मुखारविन्दुवाट हुने प्रवचन एवं सत्संगमा सहभागी भई अध्यात्मिक लाभ लिन वे एरियावासी सबै दीदीबहिनी तथा दाजुभाईलाई अनुरोध गरेको छ। 

सत्संग कार्यक्रम सफल बनाउन विभिन्न समितिहरु गठन गरिएको छ। 

वे एरियाका समाजसेवी तथा व्यवसायी प्रिन्स युवराज कार्कीले सत्संग प्रवचनमा सहभागी हुन सबैलाई अपिल गरेका छन् कार्यक्रम सफल बनाउन केपी ढकाल, चन्द्र धीताल, सीता गुरुंग, सुरेन्दै गिरी, राधा शर्मा, राजेन्द्र लोहनी, कैलाश थापा, लता प्रधान, शोभाकान्त ढकाल, स्वामी अनन्त गुरु, नारायण  पोखरेल, हरि ओझा, गीता डोंगोल, तेजेन्द्र बराल, लक्ष्मी भट्टराई, गीता कार्की, जनक राज ढुंगाना, लीली श्रेष्ठ, थलबीर ओली, लक्ष्मण सापकोटा, गजेंद्र अधिकारी, गीता रेग्मी लगायत समाजसेवीहरु जुटेका छन्। 

राधिका दासी हिन्दू धर्म सम्बन्धी गहिरो आध्यात्मिक दृष्टिकोण लिएर संसारभर सत्संग भक्ति अभियान फैलाउँदै आइरहेकी लोकप्रिय कथावाचिका एवं प्रेरणादायी व्यक्ति हुन्।  दासी नेपाल नेपालबाहिर उत्तिकै लोकप्रिय छिन् अमेरिकामा भने यो उनको पहिलो प्रवचन एवं सत्संग कार्यक्रम हो। 

प्रतिक्रिया