०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

ट्रम्प प्रशासनले आफ्टर स्कुल र समर प्रोग्रामको कम्तिमा छ अर्ब डलर रोक्यो

ट्रम्प प्रशासनले आफ्टर स्कुल र समर प्रोग्रामको कम्तिमा छ अर्ब डलर रोक्यो

न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्टर स्कुल र समर प्रोग्रामको कम्तिमा छ अर्ब डलर अनुदान रोकेको छ। यसले न्यून आय भएका परिवारलाई प्रभावित पार्नुका साथै अर्को वर्षको कतिपय आफ्टर स्कुल प्रोग्राम समस्यामा पर्नेछ। 

उक्त अनुदान, डे क्याम्प, आफ्टर स्कुल, समर प्रोग्राम, इङ्ग्लिस ल्याङ्ग्वेज, एडल्ट लिटरेसी लगायतका कार्यक्रममा खर्च हुँदै आएको छ। ट्रम्प प्रशासनले ती कार्यक्रम राष्ट्रपति ट्रम्पको नीति तथा प्राथमिकता अनुरूप छन् कि छैनन् भन्ने समीक्षा गर्न अनुदान रोकेको हो।

ट्रम्प प्रशासनको यो कदमबाट विद्यालयहरूको भावी कार्यक्रम तथा योजना अन्यौलमा परेको छ। अनुदान पाउने टुङ्गो नभएपछि उनीहरु भावी कार्यक्रममा के राख्ने के नराख्ने भन्ने अलमलमा परेका छन्। 

न्यून आय भएका अभिभावकहरूले काम गर्न पाउन र विद्यार्थीहरूले सिक्न पाउन भनेर आफ्टर स्कुल प्रोग्राम लागू गरिएको हो। साथै, कमजोर विद्यार्थीहरूको शिक्षाको स्तर उकास्न समर प्रोग्राम कार्यान्वयनमा ल्याइएको हो। यी कार्यक्रम निःशुल्क हुन्। बजेट नपाए यही वर्ष कतिपय समर प्रोग्राम प्रभावित हुनेछन्। 

ती कार्यक्रमहरूका लागि मङ्गलबार बजेट निकासा हुनु पर्थ्यो। तर, डिपार्टमेन्ट अफ एजुकेसनले ती कार्यक्रमहरू समीक्षा भइरहेकाले बजेट निकासा हुन नसकेको सूचना सोमबारै जारी गरेको छ। डिपार्टमेन्टले बजेट कहिले निकासा हुने भन्ने खुलाएको छैन। 

 

प्रतिक्रिया