न्युयोर्क। नेपाली भेषभुषा, कला, संस्कृति र उत्पादन समेटेर जुन २९ आईतवार साँझ नेपाली फेसन एक्सप्रेसनको आयोजना गरिएको छ ।
विश्वकै फेसनहव मानिने अमेरीकाको न्युयोर्कको ज्याक्सनहाईट्समा पहिलो पटक नेपाली भेषभुषा, कला, संस्कृति र उत्पादनलाई फेशनमार्फत वृहत प्रदर्शनी एवं फेसन मेला आयोजना गरिएको हो ।
विविध जातजाति र भाषाभाषीका समुदायमा २७ प्रकारका पौराणिक देखी आधुनिक पहिरनका साथ मोडलहरु र्याम्पमा संगीतको तालमा हिंडदा दर्शकको ताली र ह्विसेलले हल गुन्जायमान भएको थियो।
ईभेन्टका पे्रसीडेन्ट चर्चित फेसन कोरियोग्राफर, नायक तथा मोडल प्रशान्त ताम्राकारले एकै स्थलमा नेपालको विभिन्न कला झल्कने फेसन मेला तथा प्रदर्शनी गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रममार्फत नेपाल र नेपालीलाई विश्वभर चिनाउने आफ्नो उद्देश्य ताम्राकारको भनाइ छ ।
कार्यक्रम संयोजक सुर्य सिंखडाले विभिन्न बिधामा प्रदर्शन गरीएको कार्यक्रम अमेरिकामै ऐतिहासिक एवं भव्य रुपमा सफल गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा नेपाली समुदायमा समाजसेवी तथा फेशनप्रेमी युवाहरु सहभागी थिए ।
नेपालको मेचीदेखी महाकाली र हिमालदेखी तराईसम्म छरीएर रहेका सबै जातजाती र भेषभुसा झल्काउने २७ जना भन्दा बढी पुरुष र महिला मोडलहरुले स्टेजमा प्रदर्शन गरेका थिए। कार्यक्रम सफल पार्न योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै बिबिध नृत्य र संगीतप्रस्तुत गरिएको थियो । साँझ ७ बजेदेखी शुरु भएको कार्यक्रम रातीको १२ बजे सम्म चलेको थियो ।






प्रतिक्रिया