०१ वैशाख २०८३, मङ्गलबार
Tue, Apr 14, 2026
SUBSCRIPTION

न्युयोर्कमा पहिलो पटक नेपाली फेसन एक्सप्रेसन कार्यक्रम हुँदै

न्युयोर्कमा पहिलो पटक नेपाली फेसन एक्सप्रेसन कार्यक्रम हुँदै

 

न्युयोर्क। नेपाली उत्पादन, भेषभुषा, कला, संस्कृति समेटेर वृहत प्रदर्शनी एवं फेसन मेलाको आयोजना हुन गईरहेको छ। 

नेपाली उत्पादन, भेषभुषा, कला, संस्कृति एवं प्रसिद्ध पर्यटकीय धार्मिक स्थलहरु समेत समेटेर जुन २८ शनिवार साँझमा वृहत प्रदर्शनी एवं फेसन मेलाको आयोजना हुन लागेको हो  

विश्वकै फेसनहव मानिने अमेरिकास्थित  न्युयोर्क शहरको ज्याक्सनहाईट्समा अवस्थित न्यु लाईफ सिनीयर केयर सेन्टरको ह्वाईट हलमा कार्यक्रम आयोजना हुन लागेको कार्यक्रम संयोजक सुर्य सिंखडाले जानकारी दिए प्रवासी नेपालीले नेपाल चिनाउन यो कार्यक्रमले महत्वपूर्ण भुमीका खेल्ने नेपाल भिजन ईन्कका अध्यक्ष मोहन श्रेष्ठले बताए।

कार्यक्रमका ईभेन्ट प्रिसीडेन्ट परिचित फेसन कोरियोग्राफ़र, चर्चित नायक, मोडल तथा निर्देशनको क्षेत्रमा ख्यातीप्राप्त प्रशान्त ताम्राकारले कार्यक्रममार्फत आम दर्शक, श्रोता एवं संचारमाध्यम हुँदै विश्वभर फैलाउने नेपाल नेपालीलाई चिनाउने उद्देश्य रहेको बताए।

कार्यक्रम संयोजक सुर्य सिंखडाले न्युयोर्क आसपासका जनसमुदायलाई कार्यक्रममा सहभागी भई नेपाली समुदाय मिलेर भब्य सभ्य रुपमा कार्यक्रम सफल पार्न अनुरोध गरेका छन्। 

प्रतिक्रिया