०५ वैशाख २०८३, शनिबार
Sat, Apr 18, 2026
SUBSCRIPTION

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव आयोजना हुँदै, संकलित रकम नेपाली कम्युनिटी सेण्टरलाई दिइने

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव आयोजना हुँदै, संकलित रकम नेपाली कम्युनिटी सेण्टरलाई दिइने

 

ईश्वरी न्यौपाने, सान् फ्रान्सिस्को (क्यालिफोर्निया) नेपालीपन संस्कृतिलाई प्रबद्र्धन गर्ने उद्देष्यले अमेरिकाको सान् फ्रान्सिस्को शहरमा धार्मिक महोत्सव आयोजना गरिने भएको नेपालीको पुरानो संस्था नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले आगामी जुन देखि १५ सम्म दिने धार्मिक कार्यक्रम तय गरिएको आयोजकले जनाएको  

महोत्सवमा हिन्दु बौद्ध धर्मका बिभिन्न धार्मिक पूजा गरिने भएका छन् श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ तथा  बौद्ध शान्ति पूजा मुख्य कार्यक्रम राखिएको कथा बाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले दिन नै भागवत बाचन गर्नु हुने भने बौद्ध गुरु तेन्जिङ्ग लामा शेर्पाले बौद्ध पूजा सञ्चालन गर्नु हुने आयोजकले जानकारी दिएको छ। 

भागवत श्रवण गर्ने मात्र नभएर यस पटक सोही मण्डपमा भक्तजनले नीजि पूजा पनि गर्न पाउने भएका छन् पितृमोक्ष संकल्प पूजा, सत्यनारायण पूजा, रुद्री (वास्तु) पूजा, ग्रह शान्ति पूजा, लाख बत्ति पूजा गर्न सकिने धामिर्क महोत्सव मूल आयोजक समितिका संयोजक घन प्रसाद दवाडीले जानकारी दिए। 

संयोजक दवाडीले भने, ‘धेरैलाई बिभिन्न पूजा लगाउन मन हुन्छ, तर विदेशमा सबै जुटाएर गर्न सबैका लागि सजिलो छैन त्यही भएर भागवतलाई बनेको मण्डपमा सबै सामग्री आयोजकले जुटाईदिने भक्तजनहरु आएर पूजा गर्ने सुविधा गरिएको हो।दवाडीका अनुसार पूजाका लागि तोकिएको शुल्क तिरेर अग्रिम नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। 

महोत्सवको पहिलो दिन कलश यात्रा हुँदैछ। दिनसम्म यज्ञमा राखेर हरेक दिन पुजिएको कलश घरमा राख्दा पवित्र हुने भएकोले यात्रामा बोकेको कलशलाई अन्तिम दिन सम्बन्धित व्यक्तिलाई वितरण गरिने कार्यक्रम छ। आयोजकले तोकेको पोशाकमा महिलाहरु कलश बोकेर शोभा यात्रामा सहभागी हुनुपर्ने नेपालबाट कलश   एकै रङका सारी मगाइएको महोत्सवका सहसंयोजक तथा कलश यात्राकी संयोजक बिष्णु घलेले जानकारी दिए। 

भागवतका लागि हुने नित्य पूजाको लागि पनि आयोजक मात्र नभएर जो कोही कर्ता हुन पाउने गरी दर्ता खुला गरिएको नान्स सामाजिक संस्था भएकोले समुदायका सबैलाई अवसर दिनका लागि दर्ता परिपाटीबाट सबैलाई अवसर खुला गरिएको संयोजक दवाडीले बताए। सन् २०११ २०१८ मा आयोजना गरिएको महायज्ञमा भागवत वाचन मात्र भएको थियो

संकलित रकम नेपाली कम्युनिटी सेण्टरलाई

नान्सले गएको नोभेम्वरमा नेपाली कम्युनिटी सेण्टरको भवन खरिद गरेको स्थानिय नेपाली समुदायले अभियान सुरु गरेको ४५ वर्षपछी भवन खरिदको काम भएको हो। भवनलाई शुद्धिकरण गर्ने तथा धेरै भक्तजनले धेरै किसिमका पूजा गर्न पाउने गरी  महोत्सव आयोजना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीले बताए। अध्यक्ष कार्कीले भने, यो पूजा भेटीबाट बचेको रकम तथा व्यक्तिले दान स्वरुप दिएको रकम नेपाली कम्युनिटी सेण्टरको लागि प्रयोग गरिने

नान्सले १९ लाख २० हजार सय ४२ डलरमा उक्त भवन खरिद गरेको हो। त्यसमध्ये १३ लाख १५ हजार डलर ऋण रहेको संस्थाले २०२४ को अगष्टमा भवन किन्ने तय भएपछी महिनामा लाख रुपैयाँ संकलन गरेको थियो   लाख ५० हजार रुपैयाँ नगद ऋण सापटी गरी लाख ५५ हजार रुपैयाँ भवन खरिद गर्र्दा नगद डाउन पेमेण्ट गरेको अध्यक्ष कार्कीले जानकारी दिए।

नान्सले धर्म संस्कृतिको प्रबद्र्धनसँगै भवनको ऋण चुक्ताका लागि रकम जुटाउनु पनि धार्मिक महोत्सवको लक्ष्य रहेको कार्कीले बताए। 

महोत्सव सम्पन्न गर्नका लागि स्थानिय संघ संस्था, नान्सका बोर्ड अफ ट्रष्टी, डोनरहरु समेटिएको बृहद आयोजक समिति बनाइएको

प्रतिक्रिया