एजेन्सी। उनीहरू फाल्कोन स्टेडियममा पङ्क्तिबद्ध उभिएका थिए। हातमा डिप्लोमा थियो। शारीरिक सहनशीलता, शैक्षिक उत्कृष्टता र सैनिक अनुशासनका सबै मापदण्ड पूरा गरेर। तर बिहीबार, जब कोलोराडो स्प्रिङ्स यूएस एयर फोर्स एकेडेमीका २०२५ कक्षालाई सेकेन्ड लेफ्टिनेन्टको रूपमा नियुक्ति दिने समय आयो, तीन क्याडेटहरूलाई चुपचाप रोकिने आदेश दिइयो।
यी तीन जना एकेडेमीबाट स्नातक हुने ट्रान्सजेन्डर क्याडेटहरू हुन्। हालै लागू गरिएको ट्रम्प प्रशासनको प्रतिबन्ध अनुसार, उनीहरूलाई सेवा गर्न अनुमति नदिइएको हो।
तीमध्ये एक, हन्टर मार्क्वेज, वर्षौंदेखि कम्ब्याट सिस्टम अफिसर बन्ने तयारीमा थिए। उनले एरोनटिकल इन्जिनियरिङ र अप्लाइड म्याथमेटिक्समा डिग्री हासिल गरे। उनले पुरुषहरूका लागि लागू हुने एयर फोर्सको फिटनेस मापदण्ड सफलतापूर्वक पार गरे।
तर नियम परिवर्तन भयो। मे ६ मा सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई कार्यकारी आदेश १४१८३ लागू गर्न अनुमति दियो, जसले ट्रान्सजेन्डरलाई सैनिक सेवाबाट निषेध गर्छ। समारोहमा मार्क्वेज र अन्य दुईलाई प्रशासनिक अनुपस्थितिमा राखियो। शपथ लिने अनुमति दिइएन। उनीहरूलाई स्वेच्छाले नछाडे अध्ययन खर्च फिर्ता तिर्नु पर्ने चेतावनी दिइएको छ।
उनीहरूको शिक्षामा सयौँ हजार डलर खर्च गरिएको छ। त्यो करदाताको पैसा हो। एयर फोर्स अधिकारीहरूले मार्क्वेजलाई स्वेच्छाले छाडे अध्ययन खर्च तिर्नु नपर्ने द ग्याजेटले जनाएको छ।। द ग्याजेटका अनुसार, सन्देश स्पष्ट छ- सरकार ट्रान्सजेन्डरलाई वर्दीमा देख्न चाहँदैन।





प्रतिक्रिया