०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

अब अङ्ग्रेजी भाषामा दक्षलाई मात्र ‘ड्राइभिङ लाइसेन्स’

भाषालाई हतियारका रुपमा प्रयोग हुनबाट रोक्न २०१६ देखि अङ्ग्रेजी नजान्नेलाई पनि सवारी चालक अनुमतिपत्र दिने नीति लागू गरेको छ।
अब अङ्ग्रेजी भाषामा दक्षलाई मात्र ‘ड्राइभिङ लाइसेन्स’

न्यु योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पले अङ्ग्रेजी भाषामा दक्षलाई मात्र सवारी चालक अनुमतिपत्र दिन ‘एक्ज्याकेटिभ अर्डर’ जारी गरेका छन्। यो कार्यकारी आदेशले खासगरि अंग्रेजीमा कमजोर ‘कमर्सिलय ड्राइभर’  र ‘कमर्सियल ड्राइभिङ’ लाइसेन्स लिने चहाने आप्रवासीलाई असर गर्नेछ।

ट्रम्पको यो कार्यकारी आदेशबाट न्यु योर्क सिटीका उबर र ट्याक्सी ड्राइभर भने प्रभावित हुने सम्भावना कम छ। किनभने पैसाका लागि काम गरे पनि उनीहरूको लाइसेन्स ‘कमर्सियल’ अर्थात सिडिएल होइन। त्यसबाहेक न्यु योर्क सिटीका ट्याक्सी र उबर ड्राइभर सिडिएल नियमन गर्ने सङ्घीय निकाय ‘द फेडेरल मोटर क्यारिअर सेफ्टी एडमिनिस्ट्रेसन’ अन्तर्गत पर्दैनन्। उनीहरूले न्यु योर्क सिटीको स्थानीय आवश्यकता अनुसार खडा गरिएको ट्याक्सी एण्ड लिमोजिन कमिसन अन्तर्गत परिचालित हुन्छन्।

ट्याक्सी एण्ड लिमोजिन कमिसनले अङ्ग्रेजी नजान्ने आप्रवासीविरुद्ध भाषालाई हतियारका रुपमा प्रयोग हुनबाट रोक्न २०१६ देखि अङ्ग्रेजी नजान्नेलाई पनि सवारी चालक अनुमतिपत्र दिने नीति लागू गरेको छ।

तर, न्यु योर्क सिटीले ट्रम्पको यो कार्यकारी आदेश सिडिएल बाहेकका आर्थिक क्रियाकलाप गर्ने उबर र ट्याक्सी जस्ता ड्राइभरमा लागू गर्न सक्छ। आफ्नो बजेटको ठूलो हिस्सा फेडेरल गभर्मेन्टबाट पाउने भएकाले पनि न्यु योर्क सिटी जस्ता स्याङ्चुअरी सिटीमाथि केन्द्रबाट आफ्नो नीति लागू गर्न दवाव पर्न सक्छ। 

ट्याक्सी एण्ड लिमोजिन कमिसनले अङ्ग्रेजी नजान्ने आप्रवासीविरुद्ध भाषालाई हतियारका रुपमा प्रयोग हुनबाट रोक्न २०१६ देखि अङ्ग्रेजी नजान्नेलाई पनि सवारी चालक अनुमतिपत्र दिने नीति लागू गरेको छ। तर, सिडिएलका लागि भने अङ्ग्रेजी जान्नै पर्ने कानूनी प्रावधान छ। बहुसङ्ख्यक कमर्सियल ड्राइभर पनि आप्रवासी भएकाले र उनीहरु अङ्ग्रेजीमा कमजोर भएकाले यो प्रावधान पनि पूर्ण रुपमा लागू गरिएको छैन। यो कानून बाध्यकारी बनाइए कमर्सियल ड्राइभरको सङ्ख्या घट्छ र त्यस्ता ड्राइभरको अभाव हुन्छ।

 

प्रतिक्रिया