इ कमर्श व्यवसायी बालकृष्ण जोशी करिब दुईदशक अमेरिका बसाईपछि नेपाल फर्किएर आइटी र इ कमर्श व्यवसायमा संलग्न हुनुहुन्छु । जोशीको नेतृत्वमा हालै जुनु नामाक डिजिटल बैंकिंङ सेवा प्रारम्भ भएको छ । उहाँको दावी अनुसार हालै शुरु भएको यो प्रविधि डिजिटल बैंकिंङको क्षेत्रमा विश्वमै पहिलो हो । यो प्रविधि मार्फत विश्वभरबाट रिमेटेन्स नेपाल भित्रिदा उच्च दर रेट हासिल हुने मात्र हैन बैंकले प्रदान गर्ने किसिमको सेवाहरु समेत हासिल हुन सक्दछ । यसैगरी यो सेवाबाट विदेशबाट नेपालमा लगानीको अवसरको लागि र नेपालबाट विदेशमा आर्थिक कारोबार गर्न समेत सकिन्छ । विश्वमा भइरहेको प्रविधिको अतुलनीय विकासको सदुपयोग गरेर विकास गरिएको यो डिजिटल बैंकिंङ सेवाले कसरी काम गर्छ ? यसको प्रयोग कस्ले र कसरी गर्न सकिन्छ? यिनै विषयलाई समेटेर तयार पारिएको एनवाईसीनेपाल पडकाष्टमा जोशीसंग गरिएको संवादको संपादित अंश ।





प्रतिक्रिया