०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

युएससिआइएसले आप्रवासीको सामाजिक सञ्जाल निगरानी गर्ने

युएससिआइएसले तत्काल लागू हुने गरी जुइस विरोधी ‘एन्टिसेमिटिक’ गतिविधि नियन्त्रण गर्न र जुइसमाथि हुने शारीरिक दुराचार रोक्न आप्रवासीहरूको सामाजिक सञ्जाल निगरानी गर्न लागेको जनाएको छ।
युएससिआइएसले आप्रवासीको सामाजिक सञ्जाल निगरानी गर्ने

 न्यु योर्क। युएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसेज (युएससिआइएस) ले आप्रवासीको सामाजिक सञ्जाल निगरानी गर्ने भएको छ। युएससिआइएसले तत्काल लागू हुने गरी जुइस विरोधी ‘एन्टिसेमिटिक’ गतिविधि नियन्त्रण गर्न र जुइसमाथि हुने शारीरिक दुराचार रोक्न आप्रवासीहरूको सामाजिक सञ्जाल निगरानी गर्न लागेको जनाएको छ।

युएससिआइएसले अप्रिल ९ (बुधबार) मा विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ, ‘यसले वैधानिक स्थायी आवास (ग्रीन काड) आवेदन दिएका, विदेशी विद्यार्थी र एन्टिसेमिटिक गतिविधिमा संलग्न शैक्षिक संस्थामा आवद्ध आप्रवासीलाई तत्काल असर गर्ने छ।’ 

 

अक्स्फोर्ड शब्दकोषका अनुसार जुइस विरोधी गतिविधिलाई ‘एन्टिसेमिटिज्म’ भनिन्छ। युएससिआइएसको विज्ञप्तिमा राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको ‘कम्ब्याटिङ एन्टिसेमिटिज्म, एडिसनल मेजर्स टु कम्ब्याट एन्टिसमेमिटिज्म, एण्ड प्रोटेक्टिङ द युनाइटेड स्टेट्स फ्रम फरेन टेरोरिस्ट एण्ड अदर नेसनल सेक्युरिटी एण्ड पब्लिक सेफ्टी थ्रेट्स’ कार्यान्वयन गर्न सामाजिक सञ्जाल निगरानी गर्न लागेको जनाएको छ। 

‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले देशलाई एन्टिसेमिटिक आतङ्कवाद, हिंसात्मक एन्टिसेमिटिक विचारधारा र हमास, प्यालेस्टाइनी इस्लामिक जिहाद, हिजबुल्लाह र हुथिज जस्ता एन्टिसेमिटिक आतङ्कवादी सङ्गठनलाई समर्थन गर्ने अतिवादी र आतङ्कवादी आप्रवासी (एलियन्स) बाट जोगाउन उपलब्ध आप्रवासी कानूनको हदैसम्म पालना गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ।

डिएसएस सेक्रेटरी क्रिस्टी नोमले अघिल्लो महिना सामाजिक सञ्जाल एक्समा अमेरिकाको भिसा पाउनु, अमेरिकामा बस्न र अध्ययन गर्न पाउनु विशेष सुविधा भएको उल्लेख गरेकी थिइन्। उनले हिंसा र आतङ्कवादको पैरवी गर्ने विद्यार्थीले पाएको त्यस्तो सुविधा खारेज गरिने र उनीहरूलाई यहाँ बस्न नदिइने उल्लेख गरेकी थिइन्। 

प्रतिक्रिया