०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

रवि न्यायिक हिरासतमा

रवि न्यायिक हिरासतमा

आइतबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि न्यायिक हिरासतमा लगिएको हो। उनलाई प्रहरी परिसर, काठमाडौंमा राखिएको छ।

उनलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाइएको हो। कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा गत बिहीबार रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए।

थुनछेक बहस नसकिएपछि अदालतले रविलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको थियो। परिवार वा सरकारी वकिलको जिम्मा छाड्न गरिएको आग्रह अस्वीकार गर्दै अदालतले रविलाई प्रहरीकै जिम्मा लगाइदिएको हो। थुनछेक वहश सोमबार बिहान ११ बजेबाट पुनः सुरु हुनेछ।

प्रतिक्रिया