०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

रवि लामिछाने ६५ लाख धरौटीमा रिहा

रवि लामिछाने ६५ लाख धरौटीमा रिहा

एजेन्सी। सहकारीको रकम हिनामिनामा गरेको अभियोगमा पक्राउ परेका रवि लामिछाने ८४ दिनपछि हिरासतमुक्त भएका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगिको अभियोगमा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो। जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो। त्यसलगत्तै उनी अदालतले तोकेको ६५ लाख रुपैयाँ धरौटी बराबरको बैंक जमानत बुझाएर उनी रिहा भएका छन्। 

रुपन्देही, काठमाडौं, पर्सा र चितवन प्रहरीले कास्की जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी रविलाई हस्तान्तरण गर्न अनुरोध गरेको थियो। तर, कास्की प्रहरीले उनलाई शुक्रबार जिल्ला अदालत, काठमाडौंमा हाजिर हुने सर्तमा छाडिदिएको छ।

जिल्ला अदालत, काठमाडौंमा लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँ हिनामिना भएको प्रकरणमा मुद्दा दर्ता छ । स्वर्णलक्ष्मीमा हिनामिना भएको रकममध्ये ५ करोड ७८ लाख रुपैयाँ लामिछाने पूर्वसञ्चालक रहेको गोर्खा मिडियामा गएको अनुसन्धानबाट देखिएको थियो । काठमाडौंबाट पनि छुट्ने अवस्था भए उनलाई रुपन्देही, पर्सा वा चितवनमा लगिनेछ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू