०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

मेयर आडम्सको ‘अपरेसन रिस्टोर रुजवेल्ट’ विवादमा

यौन व्यवसायी र सडक व्यापारी आन्दोलनमा
मेयर आडम्सको ‘अपरेसन रिस्टोर रुजवेल्ट’ विवादमा

न्यू योर्क। यौन व्यवसायी, सडक व्यापारी, स्थानीय समुदायका अगुवा अधिकारकर्मीहरू मेयर एरिक आडम्सले चलाएकोअपरेसन रिस्टोर रुजवेल्टविरुद्ध आन्दोलनमा उत्रेका छन्।

उनीहरुले सरकारले समाधान नभएर दमनको बाटो रोजेको त्यसले न्यू योर्क सिटी जस्तो महँगो शहरमा जीविकोपार्जनको प्रयत्न गरिरहेका मानिसहरूलाई अपराधीकरण गरेको भन्दै सडकमा उत्रेका हुन्। 

आम्दानी भएपनि मेरो दोस्रो पेशा छ। त्यो यौन व्यवसाय हो,’ भिक्टोरिया भन् ब्लाकले भनिन्, ‘किन? किनभने न्यू योर्क सिटीमा बस्छु।ब्लाक लगायतका अधिकारकर्मी तथा समर्थकरुले मेयर आडम्सलेअपरेसन रिस्टोर रुजवेल्टराजनीतिक स्टन्टका लागि चलाएको बताए। आफूमाथि लागेको भ्रष्टाचारको अभियोगबाट सर्वसाधारणको ध्यान विकेन्द्रित गर्न आडम्सले यो अभियान चलाएको उनीहरुको भनाइ छ। 

 

 

मेयर आडम्सले अक्टोबर १५ माअपरेसन रिस्टोर रुजवेल्टघोषणा गरेका हुन्। त्यसको उद्देश्य नेपाली दक्षिण एशियाली मूलका मानिसको बाक्लो बसोबास रहेको ज्याक्सन हाइट्स, एल्महस्र्ट, नर्थ कोरोना लगायतका क्षेत्रमा व्याप्त गैरकानूनी यौन ब्यबसाय सडक व्यापार बन्द गर्नु तथा आपराधिक गतिविधि नियन्त्रण गर्नु भएको जनाइएको छ।

 

आडम्सको यो अभियानमा गभर्नर क्याथी होकुलले स्टेट पुलिस परिचालन गरेर सहयोगी गरिरहेकी छन् भने न्यू योर्क सिटी प्रहरी (एनवाइपिडी) फायर डिपार्टमेन्ट (एफडिएनवाई) सहित मेयरको कार्यालय अन्तर्गत रहेका कम्तिमा १४ निकाय सहभागी छन्।

 

यो संयुक्त अभियानका क्रममा सडक व्यापारीको सामानहरू खोसिएको फालिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। अभियानका क्रममा प्रहरीले गैरकानूनी यौन व्यवसाय बन्द गरेको जनाएको छ। 

 

आडम्सको यो अभियानको विरोधमा रहेका अधिकारकर्मी, समुदायका अगुवा, सडक व्यापारी यौन व्यवसायीहरूले प्रहरी परिचालनले समाजको सबैभन्दा नाजुक समुदायले गरिरहेको जीविकोपार्जनको इमानदार प्रयत्नमा आघात पुगेको बताए। उनीहरूले मङ्गलबार मेयर आडम्सले अभियान सुरु गरेको क्वीन्सस्थित कोरोना प्लाजामै पत्रकार सम्मेलन गरी सडक व्यापारी, नागरिकता नभएका आप्रवासी लैंगिक अल्पसंख्यक मर्कामा परेको बताए।प्रहरी परिचालनबाट स्थानीयवासी आतङ्कित बनेका छन्,’ उनीहरूको भनाइ , ‘यो क्षत्र सैन्य नियन्त्रणमा रहेको जस्तो अवस्था छ।

 

पत्रकार सम्मेलनमा यौन व्यवसाय पनि काम भएको त्यसलाई सम्मान दिनुपर्ने माग गरिएको थियो।यौन व्यवसायीले दशकौंदेखि सम्मान राम्रो स्वास्थ सेवाको माग गरिरहेका छन्,’ कायन डोरोशोले भने, ‘यद्यपि उनीहरूलाई अपराधिकरण गरिएको छ।डोरोशो गे एण्ड लेस्बियन लिभिङ इन ट्रान्सजेन्डर सोसाइटी (ग्लिट्स) का संस्थापक कार्यकारी निर्देशक हुन्। उनले सरकारलाई समुदायमा लगानी गर्न आह्वान गर्दै भने, ‘हाम्रो समुदायमा थप अपराधिकरण स्वीकार्य छैन।’ 

पत्रकार सम्मेलनस्थल पुगेका सिटी काउन्सिल मेम्बर फ्रान्सिस्को मोयालाई यौन व्यवसायी, सडक व्यापारी, अधिकारकर्मीहरूले नारा जुलुस गरी खेदेका थिए। मोयालेअपरेसन रिस्टोर रुजवेल्टमा मेयर आडम्सलाई सहयोग गरेका थिए। त्यहि भएर उनीहरु मोयाप्रति आक्रोशित देखिन्थे। डिक्रिमएनवाई नाम दिइएको यो अभियानलाई मेक रोड न्यू योर्क, देसिज राइजिङ अप एण्ड मुभिङ (ड्रम) लगायतका संघ संस्था, अधिकारकर्मी सिटी तथा स्टेट स्तरका निर्वाचित अधिकारीहरुको साथ छ।न्यू योर्क। यौन व्यवसायी, सडक व्यापारी, स्थानीय समुदायका अगुवा अधिकारकर्मीहरू मेयर एरिक आडम्सले चलाएकोअपरेसन रिस्टोर रुजवेल्टविरुद्ध आन्दोलनमा उत्रेका छन्।

भिडियो:

प्रतिक्रिया