०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

साामाजिक र राजनीतिक सशक्तिकरणका लागि समुदायिक संचार महत्वपूर्ण

न्यू योर्क सिटीमा मात्र झण्डै २०० भाषी मानिस छन्, एनवाइसिनेपालडटकमले विविधतालाई अझ प्रवद्र्धन गर्छ भन्ने विश्वास छः जेहांगिर खट्टक, डाइरेक्टर अफ कम्युनिकेसन, सेन्टर फर कम्युनिटी मिडिया, क्रेग न्युमार्क ग्य्राजुएट स्कुल अफ जर्नालिज्म
साामाजिक र राजनीतिक सशक्तिकरणका लागि समुदायिक संचार महत्वपूर्ण

न्यूयोर्क अमेरिकामा रहेका नेपाली समुदायको गतिविधि सवालहरुलाई प्रकाशन प्रशारण गर्ने उदेश्यले न्यूयोर्कमा नेपाली भाषी सामुदायिक अनलाईन पोेर्टल एनवाईसी नेपाल न्युज डटकम शुरु भएको छ। यो अनलाईनको आइताबार न्युयोर्क सिटीकोे क्वीन्समा नेपाली महाबाणिज्यदूताबासका कार्यबहाक महावाणिज्यदूत चक सुवेदी समुदायका अगुवाहरुले संयुक्त रुपमा कम्प्युटर माउस क्लिक गरि उद्घाटन गरे।

कार्यक्रममा क्रेग न्युमार्क ग्य्राजुएट स्कुल अफ जर्नालिज्मका डाइरेक्टर अफ कम्युनिकेसनसेन्टर फर कम्युनिटी मिडिया जेहांगिर खट्टकले न्युयोर्र्क शहरमा मात्र झण्डै २०० भाषी मानिस रहेको भन्दैे विविधतालाई अझ प्रवद्र्धन गर्न यो नेपाली भाषी अनलाइनले महत्वपूर्ण भुमिका खेल्ने बताए। 

उद्घानटन समारोहमा नेपाली समुदायको बाक्लो बसोबास रहेको डिस्ट्रिक ३७ बाट एसेम्बली मेम्बर प्राइमेरी इलेक्सन जितेकी क्लेयर भाल्डेज, डिस्ट्रिक ३६ कम्युनिकेशन डाइरेक्टर बेन्जामिन वाकर डिस्ट्रिक ३० की डिस्ट्रिक डाइरेक्टर डोल्मा लामा उपस्थित थिए। वाकर ऐसेम्बली मेम्बर जोह्रान माम्दानी लामाले एसेम्ब्ली मेम्बर स्टिभन रागाको प्रतिनीधित्व गर्दै कार्यक्रममा उपस्थित भएका हुन्।

कार्यक्रममा क्रेग न्युमार्क ग्य्राजुएट स्कुल अफ जर्नालिज्मका डाइरेक्टर अफ कम्युनिकेसन, सेन्टर फर कम्युनिटी मिडिया जेहांगिर खट्टक, अधिकारकी सह कार्यकारी निर्देशक नर्बदा क्षेत्री, देसिज राइजिङ अप एण्ड मुभिङ (ड्रम) का पलिटिकल डाइरेक्टर जगप्रित सिंह, न्यू योर्क राज्यका लागि नेपाल सरकारका पर्यटक प्रबद्र्धक गोकुल श्रेष्ठ, ड्रमका नेपाली कम्युनिटी अर्गनाइजर आदित सिवाकोटी लगायत उपस्थित थिए। एनवाइसीनेपालडटकम मल्टीमिडिया अनलाइन एनएवाईसी नेपाल कम्युनिटी मिडिया नेटवर्कले सञ्चालन गरेको न्यूयोर्कबाट सञ्चालन भएको पहिलो नेपाली भाषाको सामुदायिक मिडिया हो। 

नेपाली भाषी आप्रावासी अधिकारवादी संस्था अधिकारकी सह कार्यकारी निर्देशक नर्बदा क्षेत्रीले सामुदायिक संचारमाध्यमको धेरै महत्व रहेको बताउदै एनवाइसीनेपालडटकमले नेपाली समुदायमा देखा परेको विविध सवाल  सरोकारलाई उठान गर्र्न सक्नुपर्ने धारणा राखिन।

उद्घाटन समारोहमा कार्यबहाक महावाणिज्यदूत सुबेदीले नेपाली समुदायका लागि सामुदायिक मिडिया शुरु हुनु अत्यन्त सकारात्मक भएको बताए। उनले यो संचारमाध्यमले नेपाली समुदायको शसक्तिकरणमा थप बल पुग्ने विश्वास व्यक्त गरे। अमेरिकाबाटै सन् १९६८ बाट शुरु भएको सामुदायिक संचारमाध्यामको अवधारणा ढिलै भएपनि न्यूयोर्कबासी नेपाली समुदायमा पनि शुरु हुनु सकारात्मक रहेको उनको भनाइ थियो। कार्यबहाक महावाणिज्यदूत सुबेदीले समुदायको हितका लागि स्थापना भएको संचारमाध्यमसँग सहकार्य गरेर अघि बढ्न महावाणिज्यदूत तयार रहेको उल्लेख गरे। 

कार्यक्रममा नेपाली भाषी आप्रावासी अधिकारवादी संस्था अधिकारकी सह कार्यकारी निर्देशक नर्बदा क्षेत्रीले सामुदायिक संचारमाध्यमको धेरै महत्व रहेको बताउदै एनवाइसीनेपालडटकमले नेपाली समुदायमा देखा परेको विविध सवाल सरोकारलाई उठान गर्र्न सक्नुपर्ने धारणा राखिन। उनले अमेरिकामा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा आप्रावासी सरोकारका बारेमा सजगता गराउदै निर्वाचनमा सहभागिता बढाउन मिडियाले भूमिका खेल्नुपर्ने पनि बताइन। मिडियाले संधै निश्पक्ष भएर समाचारहरु प्रकाशन प्रशारण गर्नुपर्ने उहाँको धारणा थियो  

कार्यक्रममा क्रेग न्युमार्क ग्य्राजुएट स्कुल अफ जर्नालिज्मका डाइरेक्टर अफ कम्युनिकेसन, सेन्टर फर कम्युनिटी मिडिया जेहांगिर खट्टकले न्युयोर्र्क शहरमा मात्र झण्डै २०० भाषी मानिस रहेको भन्दैे विविधतालाई अझ प्रवद्र्धन गर्न यो नेपाली भाषी अनलाइनले महत्वपूर्ण भुमिका खेल्ने बताए। उनले सामुदायिक संचारमाध्यमले समुदायका मानिसलाई नागरिक अधिकार, राजनीतिक अधिकार आदिमा राज्यसंग जोड्न सक्नुपर्ने धारणा राखे। नागरिकलाई हरेक क्षेत्रमा शक्तिकरण गर्नका लागि संचारमाध्यमको भुमिका महत्वपूर्र्ण हुने उनको भनाई थियो  

 

उद्घाटन समारोहमा गैरआवसीय नेपाली संघ एनआरएन न्युयोर्क च्याप्टरका कार्यबहाक अध्यक्ष छिरिङ शेर्पाले सामुदायिक मिडियाका महत्व रहेको भन्दै यसको निरन्तरताको कामना गरे। यस्तै नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका कार्यबहाक अध्यक्ष तुलबहादुर तामाङले यो मिडियाले निश्पक्ष भएर आफ्ना सामाग्रीहर प्रकाशन प्रशारण गर्नुपर्ने बताए।

नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारीले नेपाली समुदाय पनि विस्तारै अमेरिकाको राजनीतिक, आर्थिक क्षेत्रको मूलधारमा प्रवेश गरिरहेकोले यसप्रकारका सशक्त संचारमाध्यमहरु आवश्यकता रहेको बताउनु भयो उहाँले संचारमाध्यमको दीगोपना निकै चुनौतिपूर्ण रहेको भन्दै यसको लागि सामुदायले पनि सोच्चुपर्ने बताउनु भयो  

उद्घानटन समारोहमा नेपाली समुदायको बाक्लो बसोबास रहेको डिस्ट्रिक ३७ बाट एसेम्बली मेम्बर प्राइमेरी इलेक्सन जितेकी क्लेयर भाल्डेजडिस्ट्रिक ३६ कम्युनिकेशन डाइरेक्टर बेन्जामिन वाकर  डिस्ट्रिक ३० की डिस्ट्रिक डाइरेक्टर डोल्मा लामा उपस्थित थिए। वाकर ऐसेम्बली मेम्बर जोह्रान माम्दानी  लामाले एसेम्ब्ली मेम्बर स्टिभन रागाको प्रतिनीधित्व गर्दै कार्यक्रममा उपस्थित भएका हुन्।

उद्घाटन समारोहमा आप्रावासी अधिकारवादी संस्था ड्रमका पोलिटकल डाइरेक्टर जगप्रीत सिंह, डिस्ट्रक ३६ का एसेमब्ली मेम्बर जोरान मण्दानीको कार्यालयका कम्युनिकेसन डाइरेक्टर बन्जामिन वाल्कर, डिस्ट्रक ३० का एसेमब्ली मेम्बर स्टेभेन रागको कार्यालयका डिस्ट्रिक डाइरेक्टर डोल्मा लामा लगायत विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा पदाधिकारीहरुले नयाँ प्रकाशन एनवाईसी नेपाल न्युजको प्रगतिको कामाना गर्दै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। अन्तरक्रिया कार्यक्रममा सहभागि जनाउदै नेपाली समुदायका अगुवाहरुले समुदायलाई सशक्तिकरण गर्न सामुदायिक संचारको आवश्यकता रहेकोले संचारमाध्यम समुदायसंगसंगै अघि बढ्नुपर्ने धारणा राखे। 

कार्यक्रममा किरात राई सोसाइटी अफ अमेरिकाका केन्द्रिय अध्यक्ष खगेन्द्र राईले एनवाइसिनेपालन्युजडकम टिमका सदस्यहरुलाई खादा लगाएर शुभकामना दिए। उनले पहिलो पटक सार्बजनिक कार्यक्रमका देखा परेका कार्यबाहक महावाणिज्य दूत सुबेदी पर्यटक प्रबर्दक श्रेष्ठलाई समेत खादा लगाइदिएर सम्मान गरे। 

प्रतिक्रिया