२२ मंसिर २०८२, आइतबार
Sun, Dec 7, 2025
SUBSCRIPTION

न्यू योर्क सिटीमा इन्सुरेन्स नहुनेले कसरी उपचार पाउने

निश्चित समयको लागि अमेरिका आएकाहरुले न्यू योर्क सिटीको स्थानीय सरकारद्धारा सञ्चालित स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार लिन सक्छन्।
न्यू योर्क सिटीमा इन्सुरेन्स नहुनेले कसरी उपचार पाउने

अमेरीकामा हेल्थ इन्सुरेन्सको ठुलो महत्व छ। इन्सुरेन्स भएन भने यो देशमा उपचार गर्न धेरै खर्च लाग्ने गर्छ उक्त खर्च मध्यम वर्ग विपन्न परिवारका लागि ठूलो समस्या बन्छ। त्यसैले यहाँको सरकारले व्यक्तिले आर्जन गर्ने आम्दानीलाई आधार मानेर निःशुल्क वा आंशिक शुल्क तिर्नु पर्ने गरी बिमा अर्थात इन्सुरेन्सको व्यवस्था गरेको हुन्छ त्यस्तो इन्सुरेन्स सुविधा पाउन भने यो देशको कानून अनुसार योग्य हुन आवश्यक तर, कहिले काहिँ यहाँको नियम कानून अनुसार तोकेको आधारहरु नपुग्ने हुन सक्दछ अथवा आफ्नो देशबाट अमेरिका भ्रमणका लागि अविभावक तथा नाता सम्बन्धका व्यक्तिहरु आएका हुन सक्छन्।

निश्चित समयको लागि अमेरिका आएकाहरुले न्यू योर्क सिटीको स्थानीय सरकारद्धारा सञ्चालित स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार लिन सक्छन्। 

निश्चित समयको लागि अमेरिका आएकाहरुले पनि इन्सुरेन्स सुविधा पाउन सक्दैनन् यस्तो अवस्थामा बिरामी भए वा अस्पताल वा डाक्टरकोमा जानु परे धेरै खर्च हुन्छ। यस्तो अवस्थामा लागि न्यू योर्क सिटीको स्थानीय सरकारद्धारा संचालन हुने स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था छ। यस्तो सुविधाको प्रावधान भने अमेरिकाको हरेक राज्यमा फरक फरक हुने गर्दछ यस्तो सुविधान स्थानीय सरकारले प्रदान गरिने भएकोले एउटै राज्य भित्र समेत फरक फरक हुन पनि सक्दछ  

न्युयोर्क सिटीको हकमा भने यहाँको स्थानीय सरकारले एनवाइसी केयर नामक सुविधा अन्तर्गत निशुल्क उपचारको ब्यवस्था गरेको यसका लागि न्यु योर्क सिटीको पाँचवटा बोरोभित्र बसेको हुनुपर्छ यो सुविधा लिन आफ्नो पासपोर्ट वा फोटो आइडी बसोबासको प्रमाण लगेर दरखास्त दिनुपर्दछ यो सुविधा सिटीले संचालन गरेको न्युयोर्क सिटी भित्रका ११ वटा हस्पिटलबाट उपलब्ध हुने गर्दछ।   

प्रतिक्रिया