११ माघ २०८१, शुक्रबार
Fri, Jan 24, 2025
SUBSCRIPTION

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीसँग फिप्नाको अन्तरकृया

बहु भाषाभाषी, संस्कार, संस्कृति भएका सम्पुर्ण आदिवासीहरु एकजुट भएर एक अर्कालाई सहयोग गरेर अगाडि अघि बढ्नुपर्नेमा उनको जोड छ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीसँग फिप्नाको अन्तरकृया

 

न्यू योर्क। नेपाल आदिवासी जनजाति महासघं अमेरिका (फिप्ना)ले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसँग अन्तरकृया गरेको छ। (फिप्ना)ले नोभेम्बर तारिख शनिबार फिप्नाको कार्यालय एल्महस्र्टमा पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसँग मीट एण्ड ग्रीट गरेको हो। 

लुम्बिनी प्रदेशको प्रदेशसभा सदस्य चौधरी, लुम्बिनी सरकारका पू्र्व मुख्यमन्त्री, तथा केन्द्रीय सरकारमा श्रम तथा रोजगार राज्यमन्त्रीको रुपमा काम गरिसकेका छन्। 

कार्यक्रमको शुरुमा फिप्नाका सचिव दाजिमा शेर्पाले प्रदेशसभा सदस्य डिल्ली बहादुर चौधरीले गर्नुभएका संघर्षहरु, लाख कमैयाहरुलाई मुक्त गराउन गरेका कामको बारेमा जानकारी गराएका थिए  

माननिय डिल्ली बहादुर चौधरीले आफ्नै बाजेहरु बुबाको प्रेरणाले कमैया मुक्तीको लागि लड्ने शिक्षाको ज्योति बाँड्नुपर्छ भन्न प्रेरणा मिलेको बताए।

नेता चौधरीले बाजे बुबाहरुले आफ्नै थातथलोहरु बचाउनको लागि आन्दोलन गरेको स्मरण गर्दै जमिनदारहरुले रातरात मार्न आउने अकालमा कतिपय कमैयाहरुले ज्यान समेत गुमाउनु परेको कुराहरु देखेर आफु मुक्ती आन्दोलनमा लाग्न बाध्य भएको उल्लेख गरे। शिक्षाको Þमीको कारण जमिनदारहरुले खालि कागजमा औला छाप हान्न लगाउने आफ्नो सम्पत्तिको पनि सुरक्षा गर्ने क्षमता नभएका कारण जग्गा जमिन गुमाउनु परेको पिडा आफुले देखेको उनको भनाइ छ। अशिक्षाको कारण कमैयाहरुले भोगेको पीडालाई मुक्ती दिलाउन सबैलाई शिक्षा दिने अभियानमा लागेर २०४० सालमा ६२ जनालाई विद्यालय पठाएको स्मरण गर्दै हामीले आफ्नो समुदायलाई सकेको सहयोग गर्नुपर्ने तर्क गरे। 

बहु भाषाभाषी, संस्कार, संस्कृति भएका हामी सम्पुर्ण आदिवासीहरु एकजुट भएर एक अर्कालाई सहयोग गरेर अगाडि अघि बढ्नुपर्नेमा उनको जोड छ। 

साँसद भचौधीले भने, गाउँगाउँहरुमा पैदल यात्रा गरेर पिछडिएका थारुहरुलाई संगठित गर्दै शिक्षा चेतनाको स्तर अभिवृद्धि गराउदै आफ्नो अस्तित्व पहिचानको महत्व बुझाउनका लागि आर्थिक संकलन गरेर हजार भन्दा बढी कक्षाहरु सन्चालन गर्यौं। नेता चौधरीले आदिवासीहरु मेहनत गरेर आफ्नै परिश्रममा विस्वास गरेर खाने जाति भएको उल्लेख गर्दै अमेरिकामा रहेका आदिवासीहरुले पनि यूनियनदेखी सबैतिर आफ्नो पहुँच पुर्याउन एकजुट भएर अघि बढ्न सुझाए। 

उनले भने, ”सेभ कल्चर, सेल कल्चरआफ्नो संस्कार सँस्कृतीलाई बचाउदै आफ्नै संस्कृति अनुरुपका खानपान भेषभुषाहरु बेचेर आय आर्जनतिर अग्रसर हुनुपर्छ।

थारू कल्याणकारिणी सभाका केन्द्रिय कोषाध्यक्ष चुर्ण बहादुर चौधरीले नेपाल आदिवासी जनजाति संस्थाकै सदस्य संस्था, थारू कल्याणकारिणी सभामा रहेर कमैया मुक्तीको लागी हातेमालो गरेर काम गरेको बताए। 

नेपालिजम डटकमका प्रधान सम्पादक प्रदीप परीयार थापाले भर्खर भर्खर आदिवासीहरु नेपालमा जुर्मुराउन थालेको बेला नै १९९४ मै रिबोक भन्ने अमेरीकाको एउटा जुत्ता कम्पनीबाट युथ ह्युमन राइट अवार्ड डिल्ली बहादुर चौधरीले पाएको चर्चा गर्दै एउटा जनजातिको छोराले पाएको त्यो अवार्डको बारेमा ठुलो हलचल मच्चेको बताए। उनले भने, त्यो बेला जनजाति मात्र नभएर सिंगो नेपालले नै अन्तर्राष्ट्रिय सम्मान पाउन गाह्रो अवस्था थियो माइति नेपालको अनुराधा कोइराला गुरुङ, इन्दिरा राना मगर , महावीर पुन, सन्दुक रुइत लगायतका ब्यक्तीहरुले धेरै राम्रो राम्रो कामहरु गरेको चर्चा गरे  

सांसद चौधरीले थारु समुदायमा गर्नुभएको योगदान उहाहरुको संस्था वेसले दिएको सिकाएको काम, प्रेरणा संघर्षले धेरैलाई प्रेरणा दिएको प्रस्टयाए। 

फिप्नाका अध्यक्ष तोरण गुरुङले भूमिपुत्र मुलबासीको वास्तविक अर्थ दिनको लागि राजनैतिक चिन्तन क्षमतालाई अभिवृद्वी गर्नुपर्ने बताए। राज्यसत्ताले आदिवासी संस्कार संस्कृतिलाई रुढीबादी भनेर घृणा गर्ने मानसिकता सिर्जना भएको अध्यक्ष गुरुङको भनाइ छ। अध्यक्ष गुरुङले आदीवासी जनजातीहरुको आन्दोलनपछि जनजातिहरुले आफ्नो पहिचान मौलिकतालाई माया गर्न जानेको प्रष्ट पार्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे। 

फिप्नाका महासचिव दीपक चौधरी सचिव दाजिमा शेर्पाले कार्यक्रम सञ्चालन गरेका थिए। 

फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गरे। कार्यक्रममा फिप्नाका सल्लाहकार, सघिंयपरिषदका सभामुख, सदस्य संस्थाका प्रतिनिधीहरु नेपाल सरकारका पूर्व पर्यटन सद्भावनादूत केशवराम राई ,जन सम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्वाङ नेपालिजम डटकमका प्रमुख सम्पादक प्रदीप परीयार थापा लगायत फिप्नाका कार्यसमिति सदस्यहरु उपस्थित थिए। 

 

प्रतिक्रिया