०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

दलित अधिकार खोज्दै काठमान्डु अर्धनग्न प्रदर्शन

उनीहरुले संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हकको व्यवस्था गरे पनि सरकारले कार्यान्वयन नगरेको, मन्त्रीपरिषद समावेशी नभएको लगायतका गुनाशो गरेका छन्।
दलित अधिकार खोज्दै काठमान्डु अर्धनग्न प्रदर्शन

काठमाडौं। दलित समुदायलाई राज्यको संरचनामा विभेद गरेको भन्दै अधिकारकर्मीहरुलेदलितलाई खैभन्दै राजधानी काठमान्डुमा प्रदर्शन गरेका छन्। उनीहरुले काठमान्डुको माइतिघरदेखि नयाँ बानेश्वरसम्म अर्धनग्न प्रदर्शन गरेका हुन। 

उनीहरुले संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हकको व्यवस्था गरे पनि सरकारले कार्यान्वयन नगरेको, मन्त्रीपरिषद समावेशी नभएको लगायतका गुनाशो गरेका छन्। ३८ दिनदेखि हात, खुट्टा घाटीमा नेल लगाएर काठमाडौंको माइतीघरमा निरन्तर धर्ना दिइरहेका अधिकारकर्मीको समर्थनमा युवाले अर्धनग्न भएर विरोध प्रदर्शन गरेका छन् माइतीघरबाट अर्धनग्न ¥याली निकालेका उनीहरूले बानेश्वरसम्म प्रदर्शन गरेका थिए

 

प्रदर्शनका क्रममासंविधान बन्यो दलितलाई खै?’, ‘लोकतन्त्र आयो दलितलाई खै?’ लगायतका नारा लगाइएका थिए। माइतीघरदेखि नाराबाजीसहित बानेश्वर पुगेको प्रदर्शनकारी प्रहरीबीच बानेश्वरमा केही धकेलाधकेल पनि भएको थियो। अर्धनग्न अवस्थामा प्रदर्शनकारी निषेधित क्षेत्रबाट अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने क्रममा केही धकेलाधकेल भएको हो। अभियन्ताहरुले असोज मा वृहत प्रदेर्शनको तयारी रहेको बताए। उनीहरुले संविधान दिवसको अवसर पारेर असोज मा ठूलो संख्यामा दलित युवा काठमाडौं आउने सरकारलाई झकझक्याउने जनाएका छन्। 

 

दलितका लागि दलित अभियानका अभियान्तहरुले मन्त्रिपरिषद् गठन समावेशी नभएको, राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव छुवाछुतको अन्त्य गर्नका लागि सरकारले प्रभावकारी कानून, नीति कार्यक्रम बजेटको समेत व्यवस्था नगरेको भन्दै विरोध गर्दै आएका छन्। 

 

काठमाडौं। दलित समुदायलाई राज्यको संरचनामा विभेद गरेको भन्दै अधिकारकर्मीहरुलेदलितलाई खैभन्दै राजधानी काठमान्डुमा प्रदर्शन गरेका छन्। उनीहरुले काठमान्डुको माइतिघरदेखि नयाँ बानेश्वरसम्म अर्धनग्न प्रदर्शन गरेका हुन। 

प्रतिक्रिया