१२ साउन २०८३, मङ्गलबार
Tue, Jul 28, 2026
SUBSCRIPTION

फ्रान्सलाई २ गोलले पराजीत गर्दै स्पेन विश्वकप फुटबलको फाइनलमा

लगातार अपराजित रहदै आएको स्पेनले पहिलो हाफको २२ औं मिनेटमै अग्रता बनायो । फ्रान्सका लुकास डिनले पछाडि नहेरी खुट्टा चलाउँदा स्पेनका राइजिङस्टार लामिन यामाललाई लडाएपछि स्पेनले पेनाल्टीको अवसर पायो। मिकेल ओयार्जाबालले सहज रूपमा गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाए । प्रतियोगितामा उनको यो पाँचौं गोल हो ।
फ्रान्सलाई २ गोलले पराजीत गर्दै स्पेन विश्वकप फुटबलको फाइनलमा

न्यूयोर्क । अपेक्षाभन्दा कम प्रतिस्पर्धा देखिएको पहिलो सेमिफाइनलमा फ्रान्सलााई २–० गोलले पराजीत गर्दै स्पेन विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । टेक्सासको डलास रंगशालामा भएको विश्वकपको सेमिफाइनलमा फ्रान्समाथि हावी हुँदै स्पेनले फाइनलमा स्थान सुरक्षित गरेको हो । 
लगातार अपराजित रहदै आएको स्पेनले पहिलो हाफको २२ औं मिनेटमै अग्रता बनायो । फ्रान्सका लुकास डिनले पछाडि नहेरी खुट्टा चलाउँदा स्पेनका राइजिङस्टार लामिन यामाललाई लडाएपछि स्पेनले पेनाल्टीको अवसर पायो। मिकेल ओयार्जाबालले सहज रूपमा गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाए । प्रतियोगितामा उनको यो पाँचौं गोल हो । 
त्यसपछि फ्रान्सलाई अर्को ठूलो झट्का लाग्यो। आर्सनलका सेन्टर–ब्याक विलियम सालिबा चोटका कारण मैदान छाड्न बाध्य भए। उनको अनुपस्थितिमा फेरबदल गरिएको फ्रान्सेली रक्षापंक्ति दोस्रो हाफको सुरुमै स्पेनको उत्कृष्ट सामूहिक खेलअघि टिक्न सकेन। पेद्रो पोरोले आकर्षक टोलीगत पासिङको उत्कृष्ट अन्त्य गर्दै दोस्रो गोल गरे।
अब स्पेनले आइतबार न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने विश्वकप फाइनलमा इङ्ग्ल्यान्ड वा अर्जेन्टिनामध्ये एक टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
यता, फ्रान्सले भने उक्त खेलको पराजित टोलीसँग शनिबार मियामीमा हुने तेस्रो स्थानको लागि खेल खेल्नेछ।

फ्रान्सले मंगलबारको खेलमा निकै फिक्का प्रदर्शन गर्यो । टोलीले खेलको ८१औँ मिनेटसम्म गोलपोस्टको दिशामा एउटा पनि प्रभावकारी प्रहार गर्न सकेन। त्यसपछि वैकल्पिक खेलाडी देजिरे डुएको कमजोर लब प्रयास स्पेनका गोलरक्षकलाई खास चुनौती दिन सकेन।

प्रतिक्रिया