न्यु योर्क। अमेरिका–इजरायलको संयुक्त हमलामा इरानका सुप्रिम लिडर आयातोल्लाह अली खामेनी मारिएका छन्। इरानले नयाँ स्थायी सुप्रिम लिडर नछान्दासम्म अन्तरिम लिडरशिप काउन्सिलमार्फत शासन अगाडि बढाएको छ।
अमेरिका र इजरायलको संयुक्त सैन्य हमला मारिएका खामेनी १९८९ देखि इरानको नेतृत्व गर्दै आएका थिए। ८६ वर्षिय खामेनी मारिएपछि पनि इजरायलले तेहरानको केन्द्रीय भागमा हवाई हमला जारी राखेको छ। यसले क्षेत्रीय तनाव अझ चर्किएको संकेत दिएको छ।
हमला त्यतिबेला गरिएको थियो जब खामेनी आफ्ना भित्री सुरक्षा सर्कलका शीर्ष सहयोगीहरूसँग बैठकमा थिए। रोटर्सले जनाएअनुसार, संयुक्त अमेरिका–इजरायल अपरेसनको प्रारम्भिक लक्ष्यमै खामेनीलाई हान्ने योजना समावेश थियो।
खामेनीको मृत्यु पुष्टि भएसँगै इरानमा सत्ता हस्तान्तरण प्रक्रिया सुरु भएको छ। इरानको संविधानअनुसार स्थायी उत्तराधिकारी चयन नहुँदासम्म एउटा अस्थायी लिडरशिप काउन्सिलले सुप्रिम लिडरका जिम्मेवारी सम्हाल्छ। यसमा इरानका राष्ट्रपति मसउद पेजेश्कियन, जुडिसियरी चिफ घोलामहोस्सेन मोहसेनी एजेई, र गार्डियन काउन्सिल का एक सदस्य हुन्छन।
सो अस्थायी संरचनामा आयातोल्लाह अलिरेजा अराफी लाई ज्युरिस्ट मेम्बर का रूपमा नियुक्त गरिएको छ। त्यसको अर्थ, इरानले अहिले स्थायी नयाँ सुप्रिम लिडर घोषणा गरिसकेको छैन, अन्तरिम संयन्त्रमार्फत शासन चलिरहेको छ।





प्रतिक्रिया