१० साउन २०८३, आइतबार
Sun, Jul 26, 2026
SUBSCRIPTION

थापा नेतृत्वको नेपाली कांग्रेस वैधानिक : निर्वाचन आयोग

थापा नेतृत्वको नेपाली कांग्रेस वैधानिक : निर्वाचन आयोग

निर्वाचन आयोगले गगन कुमार थापाको नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिएको  आयोगले विशेष महाधिवेशनलाई मान्यता दिदै थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिएको हो गएको पुस २७ देखि ३० सम्म काठमाडौंमा भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले चयन गरेको गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो नयाँ नेतृत्व चयनपछि अद्यावधिक गराउन थापा नेतृत्वको टोली हिजो बिहीबार आयोगमा निवेदन दिएका थिए त्यसपछि शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विधान विपरीत विशेष महाधिवेशन आयोजना गरिएको भन्दै वैधानिक्ता दावी गर्दै आयोग पुगेको थियो १४औं महाधिवेशनले देउवाको नेतृत्वमा कार्यसमिति निर्वाचित गरेको थियो  

आयोगले आज दुवै तर्फबाट प्राप्त कागजात, पार्टीको विधान तथा ऐनकानुनको अध्ययनपछि गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको हो  आयोगले विधान बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने त्यही अनुसार महाधिवेशन आयोजना गर्नु पर्ने बाध्यात्मक व्यवस्था रहेको बताएको आयोगले विधानतः महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि हुने स्पष्ट पारेको  आयोगले विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति नदेखिएकोले विशेष महाधिवेशन आयोजना विधानअनुरुप नै भएको उल्लेख गरेको देउवा समूहले आयोगको निर्णयको विरोध गर्दै आयोग बाहिर नाराबाजी समेत गरेका थिए  

 

प्रतिक्रिया