०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

डेमोक्रेटिक संस्थापनमाथि जोहरनको ऐतिहासिक विजयमा ड्रम बिट्सको भूमिका निर्णायक

डेमोक्रेटिक संस्थापनमाथि जोहरनको ऐतिहासिक विजयमा ड्रम बिट्सको भूमिका निर्णायक

न्यू योर्क। ड्रम बिट्सले न्यू योर्क सिटीका मेयर पदमा जोहरान माम्दानीको विजयमा आफ्नो भूमिका निर्णायक भएको जनाएको छ। संस्थाले जारी गरेको विज्ञप्‍तिअनुसार, आप्रवासी र श्रमिक वर्गमा केन्द्रित सङ्गठन र घरदैलो अभियानले चुनावी परिणाममा निर्णायक भूमिका खेलेको हो।

ड्रम बिट्सले “सबैले धान्न सक्ने सहर” बनाउने एजेन्डालाई लिएर समुदायबीच एक वर्षभन्दा बढी काम गरेका थिए। संस्थाले क्याभ भ्वाइस र न्यूयोर्क कम्युनिटी फर चेन्जसँग माम्दानीको अभियानको प्रारम्भिक समर्थनकर्ता बनेर उनको मेयर पदको यात्रामा रणनीतिक कोशेढुङ्गा बनेको थियो। “ अभियानको पहिलो समर्थनकर्ताका रुपमा हाम्रा सङ्गठनहरू न्यूयोर्क सिटीका अर्बपतिहरूको पैसाले चलाइएका राजनीतिक अभियानले सम्बोधन गर्न नसकेका आप्रवासी र श्रमजीवी वर्गका मतदातासँग पुग्यौँ,” ड्रम बिट्सको विज्ञप्तिमा उल्लेख छ।

जोहरान 'योङ कार्डामोम’ नामले युवावस्थामा हिपहप र र्‍यापमा समेत सक्रिय थिए, जसले उनको सांस्कृतिक संवेग र बहुआयामिक पहिचानलाई झल्काउँछ।

संस्थाले महँगो चाइल्ड केयर, बढ्दो भाडा र दैनिक खर्चको दबावजस्ता मुद्दालाई प्राथमिकतामा राखेर समुदायसँग प्रत्यक्ष संवाद गरेको जनाएको छ। ड्रम बिट्सको भनाइमा, अभियानले दैनिक बसमा यात्रा गर्ने, भाडा र युटिलिटी बिलबीच छान्न बाध्य भएका, र कम पारिश्रमिक भएका श्रमिकहरूको चिन्तालाई अभियानले प्रत्यक्ष सम्बोधन गरेको छ।

ड्रम बिट्सका लिडरहरूले जोहरानलाई समर्थन प्रक्रिया गत वर्ष सेप्टेम्बरमा सुरु गरेका थिए। केही दिन लागेको उक्त प्रक्रियामा माम्दानीलाई सर्वसम्मत समर्थन (इन्डोर्समेन्ट) गर्ने निर्णय भएको थियो। गत वर्ष अक्टोबरदेखि सुरु भएको अभियानमा संस्थाले १८ हजारभन्दा बढी ढोका ढकढक्याएको, ५० हजारभन्दा बढी फोन कल गरेको र ब्रोंक्स, ब्रुक्लिन र क्वीन्सका विभिन्न बस्तीहरूमा करिब ७ लाख मानिससम्म पुगेको ड्रम बिट्सले विज्ञप्तिमा उल्लेख गरेको छ। 

विज्ञप्तिमा पञ्जाबी, उर्दू, बङ्गाली, नेपाली, हिन्दी र क्रियोलिज् भाषामा इथ्निक र सामुदायिक मिडियासँग सहकार्य गरी प्रवाह गरेको सन्देश मार्फत १४ लाखभन्दा बढी मानिससम्म पुगेको जनाइएको छ। संस्था माम्दानीको अभियानको सन्देश लिएर मस्जिद, मन्दिर, चर्च, स्थानीय पर्व–उत्सव र समुदायले प्रयोग गर्ने सार्वजनिक स्थलमा लगातार पुगेको थियो। 

ड्रम बिट्सले प्रारम्भिक सर्वेक्षणमा मत हिस्सेदारी न्यून देखिएको अवस्थामै “डेमोक्रेटिक मेसिन” र “दक्षिणपन्थी नश्लवादी झुटा वाचा” का विकल्पका रूपमा माम्दानीको अभियान सन्देश समुदाय सिधै लैजाने रणनीति अपनाएको विज्ञप्तिमा उल्लेख गरेको छ। संस्थाले निर्वाचित भएपछि पनि माम्दानीको अभियानका वाचा कार्यान्वयन गराउन समुदायसँग नियमित सम्वाद र निगरानी  गर्ने जनाएको छ।

नको विजयलाई विश्लेषकहरूले न्युयोर्कको राजनीतिक दिशामा ठूलो रूपान्तरणका रूपमा व्याख्या गरेका छन्यु। युवा, आप्रवासी मूलका कामकाजी वर्गसँग जोडिन सक्ने शैली, र ठूला दाताभन्दा बढी साना दातामाथि भर पर्ने मोडलले प्रगतिशील राजनीतिलाई नयाँ खाका दिएको छ। 

संस्थाले आफूहरू ट्याक्सी चालक, डेलिभरी कामदार, घरेलु कामदार, निर्माण मजदुर, रेस्टुरेन्ट श्रमिक, सडक व्यवसायी, विद्यार्थी र शिक्षक सहयोगीसहित “तल्लो तहका कामदार” को सङ्गठित शक्ति भएको दोहोर्‍याएको छ। “हामी नै अभियानको आधारशक्ति थियौँ, र भावि दिनमा पनि लोकतन्त्रलाई फराकिलो बनाउँदै सामूहिक रूपमा शासन गर्ने प्रतिज्ञालाई जिम्मेवार बनाइरहनेछौँ,” विज्ञप्तिमा भनिएको छ।

को हून जोहरान? 

जोहरान क्वामे माम्दानी २०२५ को आमनिर्वाचनमा न्यू योर्क सिटीको पहिलो मस्लिम तथा दक्षिण एशियाली मूलका आप्रवासी मेयर बने। उनी एक शताब्दीभन्दा लामो समयमा निर्वाचित भएका न्यू योर्क सिटीका सबैभन्दा सबैभन्दा कम उमेरका मेयर समेत हुन्। 

क्वीन्सका ३४ वर्षे डेमोक्रेटिक सोसियलिस्ट माम्दानीले स्वतन्त्र उम्मेदवार तथा पूर्व गभर्नर एन्ड्र्यु कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै न्यू योर्क सिटीका १११औँ मेयरको पद जितेका हुन्। उनले चुनावमा आफ्ना निकटतम प्रतिद्वन्दी कुमोलाई १ लाख ८१ हजार ५६ मतको अन्तरले जितेतेका हुन्। कूल ९७ दशमलव २ प्रतिशत मतगणना हुँदा माम्दानीले १० लाख ३६ हजार ५१ मत ल्याएका थिए भने ८ लाख ५४ हजार ९९५ मत ल्याएका थिए। हुलाकबाट पठाइएका मत गणना गर्न केही दिन लाग्नेछ। हुलाकबाट पठाइएका सबै मत कुमोले पाए पनि ती मत निर्णायक हुने छैनन्।

अक्टोबर १८, १९९१ मा यगाण्डाको कम्पालामा जन्मिएका माम्दानी सात वर्षको उमेरमा परिवारसँग न्युयोर्क सिटी आएका हुन्। उनले ब्रोंक्स हाई स्कूल अफ साइन्समा अध्ययन गरे र मेनस्थित बोडोइन कलेजबाट अफ्रिकाना स्टडीजमा स्नातक  गरे। २०१८ मा अमेरिकी नागरिकता पाएपछि उनी स्थानीय राजनीतिमा थप सक्रिय बने। जोहरानकी आमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त फिल्ममेकर मीरा नैयर र बुबा प्रख्यात विद्वान महमूद माम्दानी हुन्। यो बहुसांस्कृतिक पृष्ठभूमिले उनलाई न्युयोर्कको विविधतामाथि आधारित नेतृत्वको दृष्टि दिन मद्दत गरेको देखिन्छ। 

राजनीतिक यात्रामा उनी २०२० मा पहिलो पटक क्वीन्सको एस्टोरिया–केन्द्रित ३६औँ एसेम्ब्ली डिस्ट्रिक्टबाट न्यू योर्क एसेम्ब्ली मेम्बर निर्वाचित भए। उन स्टेट एसेम्बलीमा २०२२ तथा २०२४ मा पुनः निर्वाचित भए। आवास सुधार, भाडा स्थिरता, सार्वजनिक सेवाको किफायती पहुँच, कर–न्याय र श्रमिक अधिकारमा केन्द्रित एजेन्डाले उनलाई क्विन्सका कामकाजी नागरिकबीच लोकप्रिय बनायो। उनी डेमोक्रेटिक सोसियलिस्ट अफ अमेरिकाका सक्रिय सदस्य समेत हुन्, जहाँ उनले जनस्तरमा सङ्गठन विस्तारको काम गरेर आफ्नो राजनीतिक पहिचान अझ निखारे।

उनको विजयलाई विश्लेषकहरूले न्युयोर्कको राजनीतिक दिशामा ठूलो रूपान्तरणका रूपमा व्याख्या गरेका छन्यु। युवा, आप्रवासी मूलका कामकाजी वर्गसँग जोडिन सक्ने शैली, र ठूला दाताभन्दा बढी साना दातामाथि भर पर्ने मोडलले प्रगतिशील राजनीतिलाई नयाँ खाका दिएको छ। 

व्यक्तिगत रूपले, जोहरान 'योङ कार्डामोम’ नामले युवावस्थामा हिपहप र र्‍यापमा समेत सक्रिय थिए, जसले उनको सांस्कृतिक संवेग र बहुआयामिक पहिचानलाई झल्काउँछ। अहिले उनी एस्टोरिया, क्वीन्समै बसोबास गर्छन् र परिवार, कला–संस्कृति तथा विश्वव्यापी आप्रवासी अनुभवबाट सिकेका दृष्टिकोणलाई नीतिमा रूपान्तरण गर्ने प्रतिज्ञा दोहोर्‍याउँदै आएका छन्। 

 

प्रतिक्रिया