०१ वैशाख २०८३, मङ्गलबार
Tue, Apr 14, 2026
SUBSCRIPTION

काम पोस्ट र गोर्खालीको एनवाईसी तिहार फेस्ट मौसम प्रतिकुलका कारण अक्टोबर १८ मा सारियो

काम पोस्ट र गोर्खालीको एनवाईसी तिहार फेस्ट मौसम प्रतिकुलका कारण अक्टोबर १८ मा सारियो

 

न्यू योर्क। फेसबुक पेजमार्फत रोजगार, कोठा बस्तु तथा सेवाबारे निःशुल्क सूचना दिएर न्यू योर्क सिटी न्यू जर्सीका नेपाली समुदायलाई जोड्दै आएको एनवाई नेपाली काम पोस्ट एकल महिला सञ्चालित गोर्खाली रेस्टुरेन्टले अक्टोबर १२ मा गर्ने भनिएको एनवाईसी तिहार फेस्ट कार्यक्रम मौसम प्रतिकुलका कारण सारिएको छ। एनवाई नेपाली काम पोस्टका एड्मिन लेलिन कँडेलले मोसमका कारण भोली हुने भनिएको एनवाईसी तिहार फेस्ट कार्यक्रम अक्टोबर १८ मा आयोजना गर्ने भएको जानकारी दिए।

कार्यक्रमबाट उठेको सम्पूर्ण रकम नेपालमा सहयोग प्रदान गरिने एनवाई नेपाली काम पोस्टले जनाएको छ। कार्यक्रमबाट उठेको रकम हामीले जेनजी आन्दोलनमा घाइते मृतकका परिवारलाई सहयोग गर्ने भनेर कार्यक्रम गर्न लागेको एड्मिन कँडेलले बताए। नेपालमा अकस्मात् भीषण बाढी पहिरो गएकाले कार्यक्रमबाट उठेको रकम त्यतातिर पनि सहयोग गर्ने सोच बनाएको कँडेलको भनाई कँडेल उनको समुहले जेन जी आन्दोलनका घाइते मृतकका परिवारलाई करिब आठ हजार डलर सहयोग नेपाल पठाइसकेको छ।

कार्यक्रम अक्टोबर १८ दिउँसो १२ बजेदेखि साँझ  बजेसम्म हुने   

प्रतिक्रिया