०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

मलेसियाको क्वालालम्पुरमा एरिकालाई स्वर्ण पदक

यो प्रतियोगितामा एरिकाले पहिलो स्वर्ण जितेर इतिहास रच्न सफल भएकी छन् ।
मलेसियाको क्वालालम्पुरमा एरिकालाई स्वर्ण पदक

 

नेपाली करातेका प्रसिद्ध खेलाडी एरिका गुरुङले मलेसियाको क्वालालम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज मा ऐतिहासिक स्वर्ण पदक जितेकी छन्

एरिकाले ६८ केजीमाथिको स्पर्धाको फाइनलमा ट्युनिसियाकी साक्नी तेस्निमलाई हराउँदै स्वर्ण पदक हात पारेकी हुन्

यो प्रतियोगितामा एरिकाले पहिलो स्वर्ण जितेर इतिहास रच्न सफल भएकी छन्

प्रशिक्षक कुशल श्रेष्ठले एरिकालाई बधाई दिंदै फेसबुकमा लेखेका छन्, अब हामीसँग वल्र्ड च्याम्पियन भनेर भन्न सक्छौं।

एशियन च्याम्पियनसिपमा रजत पदक जितेर नेपालको नाम राख्न सफल एरिकाले यसअघि युएस ओपन र थाइल्याण्ड ओपनमा स्वर्ण र कराते वान प्रिमियर लिगमा कास्य पदक आफना् पोल्टामा पारेका थिए।

 

प्रतिक्रिया