१२ साउन २०८३, मङ्गलबार
Tue, Jul 28, 2026
SUBSCRIPTION

अध्यक्ष तथा प्रधानसम्पादक लामालाई पितृ शोक

अध्यक्ष तथा प्रधानसम्पादक लामालाई पितृ शोक

न्युयोर्क। एनवाईसीनेपालन्युज डट कम का प्रधानसम्पादक तथा एनवाईसीनेपाल कम्युनिटी मिडिया नेटवर्क का अध्यक्ष मोहनसिँह लामालाई पितृ शोक परेको छ।

प्रधानसम्पादक लामाका पिता निमा दोर्जे ङ्याङ्जोको ९० वर्षको उमेरमा नेपाली पात्रो अनुसार २०८२ असोज १५ गते निधन भएको हो। लिसंखु पाखर गाउँपालिका २, काम्चेत टोल, ह्रिस्याङ्गो निवासी स्वर्गीय ङ्याङ्जो  झ्याङछ्युब छ्योइलिङ गोन्पा समितिका संस्थापक सदस्य हुन।

परिवारका अनुसार स्व. ङ्याङ्जोको पार्थिव शरीर हाल ओलाङचुङगोला गुम्बा, नयाँवस्ती बौद्ध, काठमाडौंमा राखिएको छ। दाहसंस्कार १८ गते शनिबार बिहान ११ बजे बौद्ध धर्मपरम्परा अनुसार जम्बु डाँडामा गरिनेछ।
एनवाईसीनेपालन्युज डट कम परिवार स्व. ङ्याङ्जोप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त लामा परिवारमा गहिरो समवेदना प्रकट गर्दछ।

प्रतिक्रिया