०१ वैशाख २०८३, मङ्गलबार
Tue, Apr 14, 2026
SUBSCRIPTION

नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फिन्येको उद्यमी सम्मेलन सम्पन्न, अमेरिका च्याप्टरमा थापा चयन

सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब २०० नेपाली उद्यमीहरूले सहभागिता रहेको आयोजनकले जनाएको छ । कार्यक्रमको उद्घाटन आठ वर्षीया बालिका अन्या श्रेष्ठले प्रमुख अतिथिको रूपमा बिरुवामा पानी हालेर गरेकी थिइन् ।
नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फिन्येको उद्यमी सम्मेलन सम्पन्न, अमेरिका च्याप्टरमा थापा चयन

टेक्सास । नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा  टेक्सास राज्यको डलासमा सम्पन्न भएको छ। 
सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब २०० नेपाली उद्यमीहरूले सहभागिता रहेको आयोजनकले जनाएको छ । कार्यक्रमको उद्घाटन आठ वर्षीया बालिका अन्या श्रेष्ठले प्रमुख अतिथिको रूपमा बिरुवामा पानी हालेर गरेकी थिइन् । 

सम्मेलनमा नेपालबाट ‘खल्ती’ डिजिटल वालेटका संस्थापक अमित अग्रवाल र नेपाल राष्ट्र बैंकका निर्देशक प्रल्हाद गिरीले व्यवसायीहरुमाझ आफ्ना अनुभव सुनाएका थिए। त्यसैगरी, अन्तर्राष्ट्रिय वक्ता रायन म्यानली तथा फिन्ये आईईसीका संस्थापक तथा उपाध्यक्ष प्रकाश थापा र प्रबुद्ध दाहालले उद्यमशीलताका विविध पक्षमा प्रकाश पारेका थिए। सजन गौतमले सहजीकरण गरेको प्यानल छलफलमा सतीश गैरे, सुनिल साह, सुमन थापा, अनु तामाङ र प्रल्हाद गिरी लगायतले उद्यमशीलता र आर्थिक वृद्धिका विषयमा महत्वपूर्ण दृष्टिकोणहरू प्रस्तुत गरेका थिए।

यसैबीच, साधारण सभाले फिन्ये अमेरिका च्याप्टरको २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा सविन्द्र थापा वरिष्ठ उपाध्यक्षमा नारायण खकुरेल, उपाध्यक्षमा राज प्रकाश भण्डारी र राम हरि थापा, महासचिवमा अनु तामाङ, सचिवमा सोनी थापा र कोषाध्यक्षमा श्रद्धा थाकुरी चयन भएका छन्।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा अनिता गुरुङ, दीपक खरेल, चानी लामा, चक्रपाणि अधिकारी, नवराज आचार्य, रविन कार्की (र्यान), सुनिल गौतम र रेश्मा ताम्राकार रहेका छन् । 

प्रतिक्रिया