०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

आईसको छपामा परे न्यु जर्सीका २९ मजदुर पक्राउ

आईसको छपामा परे न्यु जर्सीका २९ मजदुर पक्राउ

न्यु जर्सी। संघीय इमिग्रेशन टोलीले बुधबार बिहान एडिसनस्थित एक गोदाममा छापा मारेर २९ जना मजदुर पक्राउ गरेको छ।

छापामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) र कस्टम एन्ड बोर्डर पेट्रोल (सीबीपी) दुबै संलग्न थिए। श्रमिक समूह न्यू लेबरको भिडियोमा दुवै एजेन्सी देखिन्थे। सीबीपीले छापालाई “आकस्मिक निरीक्षण” भनेको छ।

छापा स्मार्ट लजिस्टिक्स एन्ड फ्रेट सोलुसन्सको गोदाम परिसरमा भएको थि यो। उक्त स्थल एमेजन, यूपीएस र फेड एक्सजस्ता ढुवानी कम्पनीहरूले प्रयोग गर्दै आएका छन्।

छापाका बेला ट्रक ‘लोडिङ’ रोकिएको थियो। साक्षीहरूका अनुसार जाँच पार गर्नेहरूलाई हातमा पहेंलो ब्यान्ड लगाएर छोडिएको थियो। अरूलाई प्लास्टिक हत्कडी लगाएर बाहिर निकालिएको थियो। केही मजदूरलाई चोटपटक लागेको बताइएको छ भने केही छानाको काठबीच लुकेको पनि देखिएको थियो।

गोदामबाहिर ती मजदूरका परिवारहरू भेला भएका थिए । अधिवक्ताहरूले न्यायालयले जारी गरेको पक्राउ/छापा पुर्जी (कोर्ट वारण्ट) बिना छापा मारेको भन्दै  आईस र सीबीपीको आलोचना गरेका छन।

यसअघि जुलाई ८ मा एडिसनकै अल्बा वाईन एण्ड स्पिरिट्स गोदाममा पनि छापा परेको थियो। त्यतिबेला करीब २० जना पक्राउ परेका थिए।
गभर्नर फिल मर्फीले संघीय अधिकार स्वीकारे। तर राज्यसँग यो कारबाहीबारे थोरै मात्र सूचना आएको बताए।

आईसले ले पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छैन। उनीहरूको संघीय इमिग्रेशन प्रक्रिया अघि बढ्नेछ। यसमा हिरासत, निगरानीसहित रिहाइ, वा रिमुभल कार्यसूची हुन सक्छ।

प्रतिक्रिया