०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

‘एलिगेटर अल्काट्राज’ सम्बन्धी मुद्धाको अदालत सारियो

‘एलिगेटर अल्काट्राज’ सम्बन्धी मुद्धाको अदालत सारियो

एजेन्सी। संघीय न्यायाधीश रोडोल्फो रुइजले फ्लोरिडाको एभरग्लेड्सस्थित आप्रवासी हिरासत केन्द्र “एलिगेटर अल्काट्राज” सम्बन्धी मुद्दाको केही भाग खारेज गरि बाँकी भाग फ्लोरिडाको मिडल डिस्ट्रिक्ट अदालतमा सारेका छन्। यससँगै मुद्दाको मुख्य आरोपहरू अर्को अदालतमा सुनुवाइ हुने भएको छ। 

न्यायाधीश रुइजले इमिग्रेशन सुनुवाइमा पहुँचसम्बन्धी केही दाबीलाई अब विवाद बाँकी नरहेको भन्दै खारेज गरेका हुन। यसअघि संघीय पक्षले ती हिरासत कैदीहरूको मुद्दा क्रोम नर्थ प्रोसेसिङ सेन्टरमा चलाउने निर्णय गरिसकेको थियो। यस्तो परिवर्तनपछि अदालतले सो बिषयमा अब निर्णय आवश्यक नपरेको भन्दै मुद्दा खारेज गरेको हो। 

त्यहाँका बन्दीहरूले कानूनी र अदालती प्रक्रियामा सहभागी हुन नपाएको दाबी सहित अमेरिकन सिभिल युनियन (एसीएलयू) ले मुद्दा दायर गरेको थियो। उसले दाबी गरेको अधिवक्तासँग भेटघाट ढिलाइ, गोप्य कुराकानीको अभाव जस्ता मुद्दा अब मिडल डिस्ट्रिक्ट अफ फ्लोरिडामा अघि बढ्नेछन्। मुद्दा सारिए पनि यी दाबीहरूमा सुनुवाइ जारी रहनेछ। अभियोजनकर्ता एसीएलयूले कानुनी पहुँच सुनिश्चित गर्न अदालती आदेश माग्दै संघर्ष जारी राखेको हो। 

यो अस्थायी हिरासत सुविधा डेढ–कुलियर ट्रेनिङ एन्ड ट्रान्जिसन एयरपोर्ट (एभरग्लेड्स) मा छ। यो हिरासत फ्लोरिडा गभर्नर रोन डिसान्टिस प्रशासनले जुन २१ देखि जुलाई १, २०२५ भित्र द्रुतगतिमा निर्माण गरी जुलाई १ मा सञ्चालनमा ल्याएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यही दिन हिरासतको स्थल निरीक्षण गरेका थिए। 

अर्को समानान्तर मुद्दा
एभरग्लेड्स क्षेत्रमा पर्यावरणीय असरबारे छुट्टै मुद्दा चलेको छ। न्यायाधीश क्याथलिन विलियम्सले अगस्ट ७ देखि १४ दिनका लागि नयाँ निर्माण अस्थायी रोक लगाएकी छन्। दीर्घकालीन रोक सम्बन्धी छलफल जारी छ।

प्रतिक्रिया