०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

मगर संघ अमेरिका केन्द्रीय समितिको नेतृतवमा दिप सागर बुढा मगर, महासचिबमा केश बहादुर पुन मगर

मगर संघ अमेरिका केन्द्रीय समितिको नेतृतवमा दिप सागर बुढा मगर, महासचिबमा केश बहादुर पुन मगर

 

मेरिल्याण्ड। मगर संघ अमेरीकाको १०औं राष्ट्रिय महाधिवेशनले दिप सागर बुढा मगरको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा अगस्ट मा भएको महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो महाधिवेशनमा अमेरिकाको बिभिन्न राज्यबाट सयौं मगरहरुको उत्साहजनक उपस्थिति रहेको थियो   कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा भुवन सिङ आले मगर (टेक्सास), महासचिबमा केश बहादुर पुन मगर (टेक्सास), अन्य उपाध्यक्ष निर्बिरोध निर्वाचित भएका छन्। अन्य उपाध्यक्षहरुमा चेतन बुढा मगर (म्यासाचुसेट्), जै बहादुर राना मगर, कृष्ण राणामगर (कोेलोराडो), राजेन्द्र बुढा मगर ( उपाध्यक्ष भाषिक, पेन्सिलभानिया), उपाध्यक्ष महिला कल्पना पुन मगर (न्यू योर्क), सचिबमा दिपेन्द्र आलेमगर (न्यू योर्क), दिपेन्द्र आले मगर (न्यू योर्क) सचिब कमल सारु मगर (टेक्सास), कोषाध्यक्षमा यम कुमारी थापा मगर (टेक्सास), सह कोषाध्यक्षमा सितल पुन मगर (मेरिल्याण्ड) चयन भएका छन् सदस्यहरु कमला थापा मगर (टेक्सास), खिम रोका मगर (क्यालिफोर्निया), प्रेम राना मगर (न्युजर्सी), किसमलाल थापा मगर (कोलोराडो), कौडा बुढा मगर (न्यू योर्क), पदम राना मगर (न्यू योर्क) रन्जना पुन मगर (म्यासाचुसेट्स) रहेका छन् कार्यसमितिको कार्यकाल बर्षको रहने छ।

महाधिवेसन मगर संघ अमेरिकाका पुर्व अध्यक्ष तथा संस्थापक सदस्य महेन्द्र थापा मगरको मगरको प्रमुख आतिथ्यता तथा ह्यारी भन्डारी डेलिगेट्स अफ डिस्ट्रीक मेरिल्याण्ड, मगर संघ अमेरिका केन्द्रीय समितिका पुर्व अध्यक्ष रुद्र आले मगर, कुलदिप राना मगर, बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिकाका अध्यक्ष जितेन गुरुङको आतिथ्यतामा सम्पन्न भएको हो साथै मेरिल्याण्ड राज्यमा क्रियासिल बिभिन्न जातिय तथा अन्य संस्थाको प्रतिनिीहरु उपस्थित थिए  

१०औं राष्ट्रिय  महाधिबेशनलाई  समुदघाटन समारोह, बन्दसत्र बधाई तथा शुभकामना साँझ कार्यक्रम गरेर चरणमा सम्पन्न गरिएको थियो। मगर जातिको मौलिक झाँकी सहित बिभिन्न राज्यबाट सहभागी च्याप्टर कमिटी राज्यका प्रतिनिधिको र्याली सभाहल प्रबेशसंगै नेपाल मगर संघका संस्थापक अध्यक्ष हेम बहादुर पुन मगर नेपालका प्रथम शहिद लखन थापा मगरको तस्बिरमा मगर संघ अमेरिकाको लोगो अंकित खादा माल्यार्पन गरेर उदघाटन सत्र सुरु गरिएको थियो  

कार्यक्रममा  बिभिन्न संघसंस्थाका अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए। उद्घाटन सत्रमा मगर संघ अमेरिकाको मुखपत्र याँभु २०२५, मगर भाषाको कक्षा संचालनको लागि तयार पारिएको किताब डा. केशर जंग बराल मगरको पुनः प्रकाशित मगर संस्कृति एकै साथ बिमोचन गरिएको थियो डा. केशर जंग बराल मगरको मगर संस्कृति संघको आर्थिक सहयोगमा पुनः प्रकाशन गरिएको हो कार्यक्रममा विभिन्न तहका १० जना मगर विद्यार्थीलाई हौसला स्वरुप छात्रवृत्ति बितरण गरिएको समुदघाटन समारोहलाई समापन गर्दै अध्यक्ष याम पुन मगरले आफ्नो कार्यकालमा भएको  उपलब्धि सुरुवात गरिएका नयाँ कार्यक्रमबारे जानकारी गराएका थिए निवर्तमा अध्यक्ष पुन मगरले अबकती कार्यक्रमहरु नयाँ नेतृत्वलाई पुरा गर्न आग्रह गर्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे १०औं राष्ट्रिय महाधिबेशनबाट नव निर्वाचित अध्यक्ष दिप सागर बुढा मगरले अमेरिकाबासी सम्पुर्ण मगरहरुलाई एकताबद्व गरेर संस्थाको मर्मलाई शिरमा राखेर ऐतिहासिक परियोजना मगर सांस्कृतिक परियोजना पुरा गर्ने प्रतिबद्वता जाहेर गर्दै भाबी योजनाहरु प्रस्तुत गरेका थिए। मगर संघ अमेरिकाले केन्द्रीय कार्यलय, मगर संग्रहालय, मगर पुस्तकालय मगर संस्कार संस्कृतिको अध्ययन केन्द्र रहेको गौरबमय परियोजना मगर सांस्कृतिक केन्द्र स्थापनाको लागि अमेरिकाबासी मगर समुदायको माझमा योजना प्रस्तुत गरेको छ। 

त्यस्तै बधाई तथा शुभकामना साँस्कृतिक साँझ २०२५ मा मगर संघ अमेरिकासँग आवद्व च्याप्टरहरुको  मगरहरुको मौलिक संस्कृति प्रस्तुति रहेको थियो चर्चित गायक गायिकाहरुको सांगितिक प्रस्तुति रहेको थियो  

प्रतिक्रिया