न्यूयोर्क । टेम्पोररी प्रोेटेक्टेड स्टाटस(टिपिएस) खारेज गर्ने ट्रम्प प्रशासनको निर्णय विरुद्ध नेपाल लगायत होन्डुरस र निकारागुआका टिपिएस वाहकले अदालतमा मुद्दा दायर गरेका छन् । नेश्नल टिपिएस एलायन्सको नेतृत्वमा नेपालका दुई जना टिपिएस वाहकसहित सात जनाले क्यालिफोर्नियाको नर्दन डिस्ट्रिक्ट अदालतमा आज मुद्दा दायर गरेका हुन् ।
मुद्दा दर्ता गर्नेमा नेपालको तर्फबाट सन्ध्या लामा, होन्डुरसको तर्फबाट जोनी सिल्भाा र निकारागुआको तर्फबाट मारिया लेना लगायत सात जना रहेका छन्। विभिन्न देशका टिपिएस बाहाकहरुलाई अदालतमा मुद्दा दर्ताका लागि नेश्नल टिपिएस एलायन्सले कानूनी सहयता तथा अगुवाई गरेको थियो ।
वर्षौंदेखि टिपिएस आधारमा अमेरिका बसेर जीवन व्यथित गर्दै आएका मेहनती आप्राबासीहरुको टिपिएस बचाउनको लागि मुद्धा दर्ता गरेको मुद्दा दर्तापछि जुम मिटिङमार्फत आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । ट्रम्प सरकारको गैर संवैधानिक निर्णयको विरुद्ध अदालतको ढोका ढक्ढक्याएको र अदालतबाट न्याय पाउनेमा आफुहरु विश्वस्त रहेको एलायन्सका कानून व्यवसायी जेसिका बन्सलले भनिन् । टिपिएसको आधारमा २५ वर्षभन्दा बढी समय अमेरिकामा बसोबास गर्दै आएका हजारौं आप्रावासीहरुलाई स्वदेश फर्काउने कार्यले उनीहरुको मावनअधिकार हनन हुने र यहाँ जन्मिएका सन्तानको भविश्य अनिश्चिय हुने बन्सलले बताए । टिपिएस खारेज गर्दा अमेरिकी सरकारले विगतको अभ्यासहरुलाई लत्याएको र संविधानले दिएको अधिकारको समेत विरुद्ध रहेकोले न्यायलयबाट न्याय पाउनेमा आफुहरु विश्वस्त रहेको उनले बताए ।
सो अवसरमा मुद्दाका एक वादी नेपालका सन्ध्या लामाले २०१७ बाट आफुले टिपिएस सुविधा प्राप्त गर्दै आएको बताउदै सरकारले टिपिएस खारेज गरेपछि आफ्ना तीन जना सन्तानको भविश्य के होला भनेर चिन्तित बनेको बताए । आफ्ना तीन सन्तानहरु अमेरिकी नागरिक भइसकेको अवस्थामा अमेरिकी नागरिकलाई हुर्काउदै आएका आमालाई स्वदेश निकाला गर्नु अमेरिकी सरकारको गम्भीर भूल हुने उनले बताए । निकारागुआका मारिया एलिना र होन्डुरसका जोनी सिल्भाले पनि आफुहरुले १९९८ देखि टिपिएस सुविधामा अमेरिकामा बस्दै आएको र सबै परिवार अमेरिकामै बसेर अमेरिकी सरकारलाई कर तिर्दै जीवन चलाइरहेको अवस्थामा टिपिएस खारेजको निर्णयले ठूलो पीडा दिएको बताए । उनीहरुले अमेरिकी अदालतले न्याय दिनेमा विश्वस्त रहेको बताए ।
जुम मिटिङमा नेश्नल टिपिएस एलायन्सका सह संयोजक होसे पाल्माले इमान्दारीपूर्वक काम गरेर अमेरिकी सरकारलाई कर तिर्दै अर्थतन्त्रमा योगदान दिइरहेका आप्रवासीको अधिकार खोस्नु असंबैधानिक भएको बताए । वर्तमान सरकारले आप्राबासी समुदायलाई आतंकित गरिरहेकोले न्यायको लागि यो मुद्दा दायर गरिएको उनले बताए ।
एलायन्ससंग नेपाली टिपिएस बाहाकको तर्फबाट संयोजन गर्दै आएका युनाइटेड फर टिपिएस नेपालको संस्थापक संयोजक अनिल शाहीले यो टिपिएस समुदायको प्रतिष्ठा र न्यायको लडाई भएको बताए । सरकारलाई कर तिरेर अर्थतन्त्रमा योगदान गर्दै आएकोमा टिपिएस खारेजको निर्णयले ठूलो अन्यायको महशुस भएको शाहीले बताए । उनले नेपाली टिपिएस बाहाकको अधिकारको लागि समेत नेश्नल टिपिएस एलायन्सले नेतृत्व लिएकोप्रति आभार प्रकट गरे ।
अमेरिकी सरकारले नेपाललाई सन् २०१५ देखि दिइदै आएको टेम्पोररी प्रोेटेक्टेड स्टाटस टिपिएस आगमी अगष्ट ५ बाट समाप्त हुनेछ । पछिल्लो तथ्याँक अनुसार करिब ७ हजार नेपाली टिपिएस बाहाकको रुपमा अमेरिकामा बस्दै आएका छन् ।
यसैबीच युनाइटेड फर टिपिएस नेपालले नेश्नल टिपिएस एलायन्सको नेतृत्वमा नेपालको टिपिएस बचाउनका लागि चालेको कदमको स्वागत गरेको छ। युनाइटेड फर टिपिएस नेपालका संस्थापक संयोजक अनिल शाहीले आजै एक विज्ञप्ति जारी गर्दै नेश्नल टिपिएस एलायन्सलाई धन्यवाद व्यक्त गरेका हुन् ।
युनाइटेड फर टिपिएस नेपालले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै






प्रतिक्रिया