०१ वैशाख २०८३, मङ्गलबार
Tue, Apr 14, 2026
SUBSCRIPTION

नेपालको असन्तुष्टि र अन्योलताको निकास बहुलराष्ट्रिय राज्यको अवधारणासहीत संविधान संशोधनः अध्यक्ष महत्तो

नेपाल गरिबी र बेरोजगारबाट पिल्सिनु, विभिन्न समुदाय पहिचानको अधिकारबाट बिमुख हुनु लगायतको समस्याको एउटै निकास भनेको बहुलराष्ट्रिय राज्यको निर्माण भएको दावी गर्दै यसका लागि नेपालका उत्पिडीत समुदायहरुले राष्ट्रिय मुक्ति क्रान्तिको उद्घोष गरेको समेत उनले दावी गरे ।
नेपालको असन्तुष्टि र अन्योलताको निकास बहुलराष्ट्रिय राज्यको अवधारणासहीत संविधान संशोधनः अध्यक्ष महत्तो

 

न्यू योर्क । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले नेपालमा हाल देखा परेको असन्तुष्टि र अन्योलताको निकासको लागि नेपाललाई बहुलराष्ट्रिय राज्यको रुपमा विकास गर्नुपर्ने बताएका छन् । त्यसका लागि बहुलराष्ट्रिय राज्यको अवधारणालाई संबोधन गरी संविधान संशोधन गर्नुपर्ने अध्यक्ष महत्तोको भनाई छ । 
अमेरिका भ्रमणका क्रममा न्यूयोर्कमा नेपाली समुदायका प्रतिनिधिसंग हालै भएको भेटघाटमा अध्यक्ष महत्तोले यस्तो बताएका हुन् । नेपाल गरिबी र बेरोजगारबाट पिल्सिनु, विभिन्न समुदाय पहिचानको अधिकारबाट बिमुख हुनु लगायतको समस्याको एउटै निकास भनेको बहुलराष्ट्रिय राज्यको निर्माण भएको दावी गर्दै यसका लागि नेपालका उत्पिडीत समुदायहरुले राष्ट्रिय मुक्ति क्रान्तिको उद्घोष गरेको समेत उनले दावी गरे ।  
“नेपालको राष्ट्र निर्माणमा बहुलराष्ट्रिय राज्यहरुको भुमिका रहे पनि राज्यसंचालन एकल राज्यको रुपमा हुँदा नेपाल संसारकै गरिब देशहरु मध्ये पर्न गएको छ, पृथ्वी नारायण शाहले नेपाल राष्ट्र निर्माण गर्दा यहाँका सबै राष्ट्रियताहरुको योगदान थियो, तर राज्य संचालनमा भने त्यो सत्यलाई पन्छाएर एकलराज्यको रुपमा स्थापित गरियो जुन अहिले पनि जारी छ, यही कारण देश पिछडिएको हो,” अध्यक्ष महतोको भनाई छ । 

आफु नेपाली राजनीतिमा लामो समय विताएको र सत्तामा समेत धेरै सहभागी भएपनि नेपाललाई बहुलराष्ट्रिय राज्यको रुपमा विकास गर्न नसकेसम्म नेपालको विकास नहुने यथार्त बुझेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान शुरु गरेको उनले जिकिर गरे । पछिल्ला बर्षहरुमा नेपाल झनपछि झन अन्योलमा जकेडिदै आएको तर्कगर्दै यसको एकमात्र निकास भनेको बहुलराष्ट्रिय राज्यको रुपमा नेपाललाई विकास गर्नु रहेको अध्यक्ष महत्तोको भनाई थियो । 
“क्यापिटलिजम र कम्युनिजमले अब देश विकास हुदैन भन्ने प्रष्ट भइसकेको छ, जबसम्म नेपालका उत्पिडीत समुदायलाई एकताबद्ध बनाएर राष्ट्रको विकास अघि बढ्दैन तब सम्म देशले विकासको फड्को मार्न सकिदैने, त्यसको लागि नेपालका विभिन्न राष्ट्रियताहरु एकजुट भएर राष्ट्रिय मुक्ति क्रान्तिलाई सफल बनाउनु पर्छ” अध्यक्ष महतोले बताए । यसो हुन सकेन दशवर्ष भित्र देशले विकासको काँचुली फेर्न सकिने महत्तोले उल्लेख गरे । 
अध्यक्ष महत्तोले नेपालमा अहिले राजा फर्काउन भइरहेको आन्दोलन सफल नहुने बताउदै देशलाई समृद्ध र सम्मुन्त बनाउनको लागि क्यापिटलिजम र कम्युनिजम नभई यहाँका मौलिक राष्ट्रियताको विकासबाट मात्र सम्भवन हुने बताए । यसको लागि संघीयतलाई अझ व्यवस्थित बनाउन जरुरी रहेको पनि महत्तोको भनाई छ । अहिले देशमा संघीयता भनिए पनि बास्तविक संघीयता नभएको उल्लेख गर्दै केन्द्रीय सरकारले अहिले संघीयताको विरोध गर्ने माहोल बनाइरहेको आरोप लगाए । अहिलेको सरकार कसरी संघीयताप्रति बितृष्णा जगाउन सकिन्छ भनेर लागि रहेको उल्लेख गर्दै अहिलेको संघीयताको मोडेलबाट संघीयताको विकास नभई संघीयताप्रति जनताले विरोध गर्ने माहोल मात्र बनिरहेको उनले बताए । स्वायत्ता खोई? कर्मचारी खोई? स्रोत साधान खोई? मधेश राज्यको नाम दिदैमा हुन्छ? अध्यक्ष महत्तोको प्रश्न छ । 

भारतले नेपालमा अस्थिरताको चाहना मात्र राख्छ नि भन्ने प्रसंगमा अध्यक्ष महत्तोले विश्वको जुनसुकै मुलुकले आफ्नो राष्ट्रको स्वार्थ अनुसार नै काम गर्ने भएकोले भारतले आफ्नो राष्ट्रको स्वार्थ अनुसार नै गर्नु कुनै नौलो नभएको बताए । हामीले पनि आफ्नो राष्ट्रको स्वार्थ अनुसार काम गर्नुपर्यो नि, उनले भने । राजा महेन्द्रदेखि वर्तमान सरकार प्रमुख केपी ओली सम्मले आफ्नो कुर्सी बचाइ दिन मात्र भारतसंग माग गरेको छ, देश र जनताको लागि केही मागेको छ? अरुलाई दोष लगाउनु भन्दा पहिला आफ्नो झोलाको मुख बलियो गरी बाँध्नु पर्यो नि, अध्यक्ष महत्तोले भने । 
अध्यक्ष महत्तोले राष्ट्रिय मुक्ति क्रान्ति सफल पार्न अभियान, संघर्ष र विद्रोहको कार्य दिशा तय रहेको जानकारी दिदै विगतमा आदिवासी र मधेशी राष्ट्रियताहरु एक्ला एक्लै लडेको तर अब राष्ट्रिय मुक्ति क्रान्तिमार्फत एकतावद्ध भएर लड्ने बताए । 

प्रतिक्रिया