०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

ग्रेटर न्यू योर्क नेपाली चेम्बर अफ कमर्शको पहिलो वार्षिकोत्सव आयोजना

क्वीन्सको जमैकास्थित म्यारिअट होटलमा अप्रिल १२ को साँझमा भएको भव्य कार्यक्रममा न्यूयोर्क लगायत आसपासका राज्यका नेपाली व्यवसायीहरु, न्यूयोर्कस्थित नेपाली कुटनीतिक कार्यालयका प्रतिनिधिहरु, न्यूयोर्क राज्य साँसद, क्वीन्स काउन्टीका चेम्बर अफ कमर्शका प्रतिनिधिहरु तथा संचारकर्मीहरुको बाग्लो उपस्थिति रहेको थियो ।
ग्रेटर न्यू योर्क नेपाली चेम्बर अफ कमर्शको पहिलो वार्षिकोत्सव आयोजना

 

न्यूयोर्क । न्यूयोर्क राज्यका नेपाली व्यवसायीहरुको छाता संगठन ग्रेटर न्यू योर्क नेपाली चेम्बर अफ कमर्शले स्थापनाको पहिलो वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । क्वीन्सको जमैकास्थित म्यारिअट होटलमा अप्रिल १२ को साँझमा भएको भव्य कार्यक्रममा न्यूयोर्क लगायत आसपासका राज्यका नेपाली व्यवसायीहरु, न्यूयोर्कस्थित नेपाली कुटनीतिक कार्यालयका प्रतिनिधिहरु, न्यूयोर्क राज्य साँसद, क्वीन्स काउन्टीका चेम्बर अफ कमर्शका प्रतिनिधिहरु तथा संचारकर्मीहरुको बाग्लो उपस्थिति रहेको थियो ।

स्थापनाको एक वर्षमा नै ८५ वटाभन्दा बढी नेपाली व्यवसायीहरु संस्थामा आवद्ध भइसकेको जानकारी दिदै ग्रेटर न्यू योर्क नेपाली चेम्बर अफ कमर्शका अध्यक्ष प्रदीप श्रेष्ठले संस्थाले नेपाली व्यवसायको प्रवद्र्धनको लागि काम गरिरहेका बताए । संस्थाको गतिविधिहरुबाट न्युयोर्कका व्यवसायीहरु समुदायको रुपमा विकास भएको भन्दै व्यवसाय प्रवद्र्धनको लागि संगठित भएकोमा उनले खुशी व्यक्त गरे । आफ्नो संस्थाले नेपाली व्यवसायीहरुलाई व्यवसायिक ज्ञान प्रदान गरेको, व्यवसाय प्रवर्दनको लागि स्थानीय र राज्य सरकारका निकायहरुमा लबिङ गरेको र यसबाट व्यवसायीहरुमा थप आत्मविश्वास सिर्जना भएको श्रेष्ठले बताए । संस्था स्थापनाको छोटो अवधिमा नै विभिन्न गतिविधिहरु गर्न सफल भएको र यसका लागि न्यूयोर्कका नेपाली समुदायका वभिन्न तहतप्काबाट सहयोग मिलेको भन्दै अध्यक्ष श्रेष्ठले सबैमा आभार व्यक्त गरेका छन् । 
कार्यक्रममा न्यु योर्कस्थिच संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोक बहादुर थापाले नेपाली व्यवसायको प्रवद्र्धनका लागि चेम्बरले खेलेको भूमिकाको सराहना गर्दै यसबाट नेपाली व्यवसायीहरुमा आत्मविस्वास निर्माण भएको बताए । नेपाली व्यवसायीहरुको संस्थागत विकासबाट नेपाल र अमेरिकावीचको सम्बन्धलाई जनस्तरमा अझ मजबुत बनाउन सकिने भन्दै अमेरिकामा रहेका नेपाली व्यवसायीहरुले नेपालमा समेत लगानी विस्तार गरी स्वदेशको आर्थिक विकासमा साझेदार बन्न थापाले आग्रह गरे । 
यसैगरी न्यूयोर्क राज्यका एसेम्बली मेम्बर स्टेफन रागाले नेपाली समुदायमा साना व्यवसायीहरुको संख्या वृद्धि हुँदै गएको र उनीहरुको व्यवसायिक प्रवद्र्धनको लागि राज्य र स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधाहरुमा पँहुच बढाएर व्यवसायलाई थप प्रवर्धन  गर्नुपर्ने बताए । साना व्यवसायको प्रवर्दनका लागि आफु सहयोग गर्न सँधै तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरे ।
न्यू योर्कका बरिष्ठ कानून व्यवसायी खगेन्द्र जिसीले नेपाली समुदायमा व्यवासयीहरु वृद्धि हुँदै जानु अत्यन्त खुशीको कुरा भएको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि नेपाली चेम्बर अफ कमर्शले महत्वपूर्ण भुमिका खेल्न सकिने बताए । व्यवसाय प्रवर्दनको क्षेत्रमा चेम्बरले गर्दै आएको गतिविधिलाई निरन्तरता दिनुपर्ने आवश्यक्ता औल्याउदै जिसीले नेपाली समुदाय एक भएर लाग्नु पर्ने बताए । 
कार्यक्रममा चेम्बरका सल्लहाकार अमित शाह, आइटी व्यवसायी बालकृष्ण जोशी लगायतले नेपाली व्यवसायको प्रवद्र्धनमा आवश्यक विभिन्न पक्षहरुको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए । नेपाली नयाँ वर्ष २०८२ सालको स्वागतको अवसरमा भएको सो समारोहमा कलाकारहरुले सुमधुर गीतहरु प्रस्तुत गरी मनोरन्जन प्रदान गरेका थिए । 
वार्षिक उत्सबको औपचारिक समारोहअघि सामुदायिक मिडिया र नेपाली व्यवसायीको संगसंगै विकासको बारेमा छलफल सेसन संचालन भएको थियो । त्यस अवसरमा नेपाली व्यवसायको प्रवर्दनको लागि स्थानीय तथा राज्य सरकारबाट प्रदान गरिने सेवा सुविधानहरु तथा सुरक्षाका बारेमा अन्तक्र्रिया भएको थियो । छलफल कार्यक्रम खासोखास अनलाईनको समन्वयमा आयोजना भएको थियो ।     

प्रतिक्रिया