फोटो स्रोतः डीइएन्यूयोर्क एक्स पेज
न्यू योर्क। फेडेरल एजेन्सी (फेड्स) ले न्यू योर्क सिटीबाट मङ्गलबार कम्तिमा २० आप्रवासी गिरफ्तार गरेको छ। त्यसमा कागजात नभएका, अमेरिका प्रवेश गरेको दुई वर्षभन्दा कम समय भएका र अपराधिक पृष्ठभूमिका आप्रवासी छन्।
गत साता न्यू योर्क सिटीबाट एकजना बंगाली मूलका सबिर अहमद नामक बंगाली मूलका आप्रवासीलाई फेड्सले गिरफ्तार गर्यो। उनी असाइलमको आवेदन दिएर बसेका थिए। मेक्सिकोबाट गत वर्ष अमेरिका प्रवेश गरेका उनलाई डिटेन्सन सेन्टरबाट खुट्टामा जीपीएस राखेर छाडिएको थियो। असाइलम आवेदन गरेपछि उनको जीपिएस हटाइएको थियो।
अरु कसैलाई पक्राउ गर्न फेड्सको टोली क्वीन्सस्थित सबिरको निवासस्थान पुगेको थियो। तर, फेड्सले उनलाई ‘कोल्याटरल’ का रुपमा उनलाई गिरफ्तार गरेको थियो। उनी अमेरिका प्रवेश गरेको दुई वर्षभन्दा कम भएको भन्दै आइसले उनलाई डिपोर्टेसन गर्ने तयारी गरेको घटना सम्बन्धी एक जानकारले एनवाइसी नेपाल न्युजलाई बताएका छन्।
फक्स फाइभले मङ्गलबार न्यू योर्क सिटीबाट कम्तिमा मङ्गलबार कम्तिमा २० आप्रवासी गिरफ्तार भएको जनाएको छ। ती गिरफ्तारी म्यानह्याटन र ब्रोङ्क्सबाट भएको हो। फेड्सले ब्रोङ्क्सबाट एण्डरसन जम्ब्रानो—पचेकोलाई गिरफ्तार गरेको छ। उनी ट्रेन दे अरग्वा नामक अपराधिक गिरोहका ‘रिङ लिडर’ भएको जनाइएको छ। ट्रेन दे अरग्वालाई अमेरिकाले अन्तराष्ट्रिय आतंकवादी संस्था घोषणा गरेको छ। एण्डरसनले कोलोराडोमा घर फुटाएर भित्र पसेको भिडियो फुटेज फेला परेको थियो। उक्त अपराधमा प्रहरीले खोजिरहेका उनी न्यू योर्क सिटीमा लुकेर बसेका थिए।
त्यस्तै, ड्रग इन्फार्समेन्ट एडमिनिस्ट्रेसन (डीईए) ले वाशिङ्टन हाइटबाट एकजना गिरफ्तार गरेको फोटो सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ। इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईस) ले शनिबार अमेरिका भरीबाट आठ सय ८४ गिरफ्तार गरेको र छ सय २१ लाई हिरासतमा लिएको जनाएको छ।





प्रतिक्रिया