०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

‘अमेरिकामा जन्मेका बालबालिकाको कागजात विहिन अभिभावक पनि हटाइने’

‘अमेरिकामा जन्मेका बालबालिकाको कागजात विहिन अभिभावक पनि हटाइने’

न्यू योर्क। बोर्डर जार टम होम्यानले बालबालिका भएका परिवारलाईडिटेन्सन सेन्टरमा राख्ने विवादास्पद नीति कार्यान्वयनमा ल्याउने भएका छन्। राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पकोमास डिपोर्टेसनकार्यान्वयन गर्ने उनले उक्त नीति कार्यान्वयनमा ल्याउने एक अन्तर्वार्तामा बताएका हुन्।

मुद्धा के हो भने गैरकानूनी हैसियतमा भएको थाह हुँदाहुँदै उनीहरुले यहाँ बच्चा जन्माउने निर्णय गरेका हुन्,’ उनले वाशिङ्टन पोस्टसँगको अन्तर्वार्तामा भनेका छन्, ‘उनीहरु आफैले आफूलाई आफ्नै ईच्छा अनुसार यो आपरिस्थितिमा पुर्‍याएका हुन्।

होम्यानले ट्रम्पको पहिलो कार्यकालमा परिवार अलग्याउने नीतिको शिल्पकारको चिनारी पाएका छन्। अन्तर्वार्तामा उनले आवश्यक परे अधिकारीहरुले अमेरिकामा जन्मिएका बालबालिकाका अभिभावकलाईडिपोर्टगर्न नहिच्किचाउने बताएका छन्। यस्तो अबस्थामा ती अभिभावकसँग बच्चा आफूसँगै लैजाने वा अमेरिकामै छाड्ने भन्ने विकल्पमात्र बाँकी रहन्छ। 

 

उनले परिवारलाई कैद गर्न इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टले छुट्टै त्रिपाल निर्मित संरचना तयार गर्ने बताएका छन्। उनका अनुसार त्यस्तो संरचनाको क्षमता कति हुने भन्ने कागजात विहीन आप्रवासी परिवारको तथ्यांकमा निर्भर रहन्छ। 

 

बाइडेन प्रशासनले २०२१ मा परिवारलाई कैद गर्न बनाइएका संरचना बन्द गराएका थिए। त्यतिबेला ती संरचनाको क्षमता ३००० शैय्याको थियो। कानूनी ब्यबसायी, स्वास्थकर्मी अधिकारवादीहरुले महिला तथा बालबालिकाका लागि हानिकारक भएको भन्दै विरोध गरेपछि ती संरचना बन्द गरिएको थियो। 

 

प्रतिक्रिया