क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को शहरमा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना हुने भएको छ । हिमालयन फाउन्डेशन कर्पोरेशनले अन्य संघ संस्थाहरुसँगको सहकार्यमा गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना गर्न लागेको हो। नेपाली चलचित्रको प्रचार प्रसार र प्रवद्र्दनका साथैं नेपाली चलचित्रलाई अन्तराष्ट्रियकरणका लागि सहयोगी बन्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागिएको हिमालय कर्पोरेशनका संस्थापक यज्ञलाल श्रेष्ठले जानकारी दिए। संस्थापक श्रेष्ठका अनुसार अंग्रेजी नयाँ वर्ष र क्रिसमसको पूर्व सन्ध्यामा डिसेम्बर २१ मा अवार्ड आयोजना गर्न लागिएको हो।
गोल्डेन नेपाली मुभी मेकर एलएलसी, सोमनामे एलएलसी, राजपुत गु्रप एलएलसी र लेटी ल को सहकार्यमा अवार्ड आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। अवार्ड कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित कलाकारहरुको सहभागिता रहने छ। अवार्डसँगै आयोजकले डिसेम्बर २२ मा नेपाल परेडको समेत आयोजना गरेका छन्। अवार्डको लागि आवश्यक तयारीको काम भइरहेको आयोजक मध्येका एक रवि सिङ्ग बस्नेतले जानकारी दिए । हिमालयन फाउन्डेशन कर्पोरेशन गैर नाफामुलक संस्थाको रुपमा दर्ता भएको संस्था हो।





प्रतिक्रिया