०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

नेपाली समुदायसंग मेयर आडम्सको “ब्रेकिङ ब्रेडः बिल्डिङ बण्डस्”

मेयर आडम्सले न्यूयोर्क सिटीको समुदायगत विविधताको सम्मान र प्रबर्द्धनको उदेश्यले हरेक समुदायको भाषा, संस्कृति तथा खानपानको बारेमा बुझ्ने र समुदायवीच आपसी सद्भाव बढाउने उदेश्यले “ब्रेकिङ ब्रेडः बिल्डिङ बण्डस्” अभियान शुरु गरेका थिए ।
नेपाली समुदायसंग मेयर आडम्सको “ब्रेकिङ ब्रेडः बिल्डिङ बण्डस्”

 

न्यूयोर्क । न्यूयोर्क सिटीका मेयर एरिक आडम्सको समुदायसंगको सम्बन्ध विस्तार कार्यक्रम “ब्रेकिङ ब्रेडः बिल्डिङ बण्डस्” अन्तर्गत नेपाली समुदायसंग भेटघाट तथा अन्तरक्रिया सम्पन्न भएको छ । 

क्वीन्सको ज्याक्सन हाइटमा डिसेम्बर १ मा भएको कार्यक्रममा नेपाली समुदायका अगुवाहरु र मेयर कार्यलयका प्रतिनिधिवीच भेटघाट तथा अन्तरक्रिया भएको हो । मेयर आडम्सले न्यूयोर्क सिटीको समुदायगत विविधताको सम्मान र प्रबर्द्धनको उदेश्यले हरेक समुदायको भाषा, संस्कृति तथा खानपानको बारेमा बुझ्ने र समुदायवीच आपसी सद्भाव बढाउने उदेश्यले “ब्रेकिङ ब्रेडः बिल्डिङ बण्डस्”  अभियान शुरु गरेका थिए । 

कार्यक्रममा मयेर कार्यलयका दक्षिण एसियाली समुदाय लियाजन सुक्रानी धनपतले न्यूयोर्क सिटीको समुदायगत, भाषिक, धार्मिक र साँस्कृतिक विविधतालाई एकआर्कामा बुझ्ने बुझाउने र प्रवद्र्धन गर्ने उदेश्यले यो अभियान शुरु भएको बताए ।  “यहाँ धेरै संस्कृति छन्, धेरै धार्मिक समुदाय छन् हामीले उनीहरुको बारेमा बुझ्न जरुरी हुन्छ, हिन्दु महिलाले किन सिन्दुर लगाउछन्, अरु समुदायलाई थाहा हुदैन,” सुक्रानीले भनिन् । सिटी मेयरको कार्यालय हरेक समुदायसंग मिलेर काम गर्न तयार रहेको र यस प्रकारको भेटघाट तथा अन्तरक्रियामा समुदायको विभिन्न सवालहरु बाहिर ल्याउन सजिलो हुने भएकोले समुदायका सदस्यहरुले आफ्नो सरोकारका विषयहरु राख्नुपर्ने र मयेरको कार्यालय ती विषयहरुको सम्बोधनका लागि संधै तयार रहेको उनले बताइन् । 

सो अवसरमा नेपाली समुदायका अगुवाहरु नवराज केसी, केशबराम राई लगायतले नेपाली समुदायको कुरा र सरोकारहरु सुन्न तथा समुदायका सदस्यहरुलाई भेट्न मयेर कार्यालयले राखेको यस्तो अभियान स्वागत योग्य भएको बताए । 

प्रतिक्रिया