०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

द गुरुङ (तमु) सोसाइटी इंक, यु.एस.ए. ले डिसेम्बर २८ मा साँस्कृतिक कार्यक्रमसहित तमु ल्होछार, ल्होसार मनाउँदै

द गुरुङ (तमु) सोसाइटी इंक, यु.एस.ए. ले डिसेम्बर २८ मा साँस्कृतिक कार्यक्रमसहित तमु ल्होछार, ल्होसार मनाउँदै

 

न्यू योर्क गुरुङ (तमु) सोसाइटी इंक, यु.एस.. ले डिसेम्बर २८, २०२४ शनिबार तमु ल्होछार, ल्होसार आयोजना गर्दैछ। गुरुङ जातिहरुको कला, भाषा, संस्कार, संस्कृति, भेषभुषा परम्परालाई संरक्षण संवद्र्धन गर्ने उद्देश्यले गुरुङहरुको नयाँ बर्ष तमु ल्होछार सप्री ल्हो (सर्प वर्ग) मनाउन लागेको गुरुङ (तमु) सोसाइटी इंकले जनाएको छ। 

गुरुङ्गको परम्परागत वर्ग चक्र प्रणाली अनुसार मुप्री ल्हो (गरुड वर्ग) को विदाई सप्री ल्हो ( सर्प वर्ग) को स्वागत गर्दै गुरुङ्ग जातिको महान पर्व तमु ल्होछार न्यूयोर्कको टिबेटेन कम्युनिटी हलमा मनाउन लागको हो  

तमु ल्होछार गुरुङहरुको महान चाड तथा नयाँ बर्ष हो, गुरुङहरुको भाषा, संस्कार, संस्कृति, भेषभुषा परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न ल्होछार पर्वले मद्धत गर्ने आयोजकको विश्वास

न्यू योर्कमा बसोबास गर्ने गुरुङहरुले गुरुङ संस्कृति झल्कने विविध साँस्कृतिक कार्यक्रमसहित हरेक बर्ष तमु ल्होछार आयोजना गर्दै आएको छ।

सोसाइटीका अध्यक्ष ओम बहादुर गुरुङले संस्थालाई अझ सकृय बलियो बनाउन तथा तमु ल्होछार २०२४ सफल बनाउनको लागि संस्थाका सम्पूर्ण सदस्यहरुको महत्वपूर्ण भूमिका रहने भएकोले सबैलाई आर्थिक सहयोग गरी दिन अनुरोध गरेको  

कार्यक्रममा स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको साथै कार्यक्रममा गुरुङ समुदायका परम्परागत खानेकुरा खाने, ल्होछरको शुभकामना आदान प्रदान गर्दै ल्होछार मनाउने प्रचलन ल्होछारमा न्यूयोर्क, न्युजर्सी, कनेक्टिकट तथा न्यूह्याम्प्सायर, मेरिल्याण्ड, म्यासाच्युसेट्स राज्यबाट समेत गुरुङहरु सहभागी हुने सोसाइटीले जनाएको तमु ल्होछार मनाउनका लागि तमु तथा गैर तमु नेपालीहरुलाई उपस्थित भई कार्यक्रम सफल पार्नको लागि सोसाइटीले न्यूयोर्क, न्यूजर्सी तगायतका नेपालीहरुलाई अनुरोध गरेको  

 

 

प्रतिक्रिया