०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

एनपिएलको ट्रफी धरहराबाट अनावरण, नेपालीले चान्स पाएपछि गर्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको अनावरण गरेका हुन ।
एनपिएलको ट्रफी धरहराबाट अनावरण, नेपालीले चान्स पाएपछि गर्छः प्रधानमन्त्री

 

काठमाडौ । नेपाल प्रिमियर लिग एनपिएलको ट्रफी एतिहासिक धरहरा परिसरबाट सोमबार अनावरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग (एनपिएल) को  ट्रफीको अनावरण गरेका हुन । 

ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले यस लिगले नेपालको पर्यटन प्रवद्र्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुुत गर्न प्रत्यक्ष सहयोग पुुग्ने बताए । प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग, साथ, सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए । 

“खेल सरकारको क्रियाकलापभन्दा बाहिर छैन । खेलमा म सरकारका हुँदा वा नहुँदा जहिल्यै पनि रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुुभकामना दिन चाहान्छुु ।’’, प्रधानमन्त्री ओलीले भने, “नेपालीले चान्स पाएपछि गर्छ भन्ने मान्यतालाई फेरि पनि स्थापित होस् । नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस् । क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो ।’’

तस्बीरहरुः प्रधानमन्त्री सचिवालय

प्रतिक्रिया