न्यू योर्क। लंगआइल्याण्ड नेपाली समाज न्यू योर्कले ईमिग्रेसन सम्बन्धी जानकारी दिने उद्देश्यले समुदायसँग विज्ञ बिषयक छलफल कार्यक्रम गर्दैछ। समाजले नोभेम्बर १६ तारिख शनिबारको दिन लेभिंटन पार्कवेय हिक्सभिलमा कार्यकम गर्न लागेको हो ।
बदलिंदो परिवेश अनुसार ईमिग्रेसन सम्बन्धी अधिकार, दायित्व, जिज्ञासा र समस्याका बिषयमा समुदायलाई केन्द्रित गरेर छलफल गर्न लागेको समाजका अध्यक्ष कुल प्रसाद (राजन) गौलीले जानकारी दिए।
अमेरिकामा बैधानिक रुपमा कागज के कसरी बनाउन सकिन्छ ? नेपालमा भएका परिवारका सदस्यहरुलाई कसरी ल्याउन सकिन्छ भन्ने बारेमा जानकारी दिने उद्देश्यले छलफल गर्न लागेको आयोजकले जनाएको छ।
समुदायका सहभागीहरुले आफ्नो केस तथा आफ्नो समस्याको बारेमा निशुल्क रुपमा जानकारी पाउने हुनाले यो कार्यक्रम धेरै उपयोगी हुन सक्ने आयोजकको अपेक्षा छ।
सोसाइटीले फिलिपिनो अमेरिकन लिगल डिफेन्स एण्ड एजुकेशन फण्ड, कोलिशन फर एशियन अमेकिन चिल्ड्रेन प्लस फ्यामिली, नेशनल फेडेरेशन अफ फिलिपिनो अमेरिकन एशोशिएसनसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रमममा ईमिग्रेसन नीति के कस्तो हुन सक्छ त्यस बारेमा पनि विभिन्न वकिल तथा विज्ञहरुले जानकारी दिनेछन् । कार्यक्रम हाइब्रिड, फिजिकल तथा भर्चुअल दुबै तरिकाबाट सञ्चालन हुने आयोजकले जनाएको छ।






प्रतिक्रिया