०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

न्यू योर्क सिटी मेयरद्वारा शरणार्थी भौचर बन्द गर्ने घोषणा

न्यू योर्क सिटी मेयरद्वारा शरणार्थी भौचर बन्द गर्ने घोषणा

न्यू योर्क सिटी। भ्रष्टाचारको मुद्धा खेपिरहेका मेयर एरिक आडम्सले शरणार्थीलाई रसदपानीका लागि प्रदान गरिदैँ आएको भौचर कार्यक्रम बन्द गर्ने घोषणा गरेका छन्।

शरणार्थी कार्यक्रम थप प्रतिस्पर्धामा आधारित ब्यबस्थामा जान यो आपतकालीन पाइलट भौचर कार्यक्रम नवीकरण नगर्ने भएका छौं,’ सिटी हल प्रवक्ताले भनेका छन्। शरणार्थीलाई भौचर वितरण गर्ने कार्यक्रमको ठेक्का मोबिलिटी क्यापिटल फाइनान्सलाई दिइएको थियो। यो कार्यक्रम जनवरी २०२५ मा सकिँदैछ। 

यो वर्ष फेब्रुअरीमा सुरु गरिएको यो कार्यक्रम अन्तर्गत चार सदस्य भएको एउटा परिवारले प्रति साता ३५० डलरसम्मकोप्रिपेड डेबिट कार्डपाइरहेका छन्। यस हिसावले चार सदस्य भएको एउटा परिवारले वार्षिक १८ हजार २०० डलरसम्म प्राप्त गर्छ। हाल करिब दुई हजार ६०० परिवार यो कार्यक्रमबाट लाभान्वित छन्। 

यसअघि आडम्स प्रशासनले शरणार्थीलाई खाद्य सामाग्री वितरण गथ्र्यो। खाना खेर जाने भएकाले खर्चिलो थियो। डेबिट कार्ड वितरणले खानावापत खेर जाने ४० लाख डलर बचत भएको दाबी गरिन्छ। यो कार्यक्रम अन्त्यपछि के गर्ने भन्ने तय भइसकेको छैन। 

प्रतिक्रिया