न्यू योर्क । ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालसँग अन्तरकृया गर्दैछ।
चेम्बरले न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यमा रहेका नेपाली व्यवसायीहरु र महासंघबीच सञ्जाल विस्तार गर्ने उद्देश्यले यही अक्टोवर २७ तारिखमा अन्तरक्रिया गर्न लागेको हो ।
महासंघसँग सञ्जाल विस्तार गरेर कसरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सकिन्छ भन्ने बारेमा अन्तरकृया गर्न लागेको चेम्बरका अध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिएका छन् ।
विश्व बैंकको एक कार्यक्रममा सहभागी हुन महासंघका अध्यक्ष ढकाल अमेरिका आएका हुन्। अन्तरकृयासँगै दशै, तिहार, नेपाल सम्वत्, छठ र ल्होसार जस्ता पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गर्न लागेको ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्शले जनाएको छ।
न्यू योर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय सञ्चालन गरेका नेपाली भाषी व्यवसायीहरुको हकहितको लागि काम गर्ने उद्देश्यले गएको अप्रिलमा चेम्बरको स्थापना गरिएको थियो ।
अध्यक्ष श्रेष्ठले नेपालीहरुलाई व्यवसाय गर्न उत्प्रेरित गर्ने, व्यवसायीहरुबीच समन्वय गरी व्यवसाय वृद्धि गर्ने र अमेरिकी सरकारले व्यवसायीहरुको लागि प्रदान गरिएका सुबिधाहरुका बारेमा जानकारी गराउने उद्देश्यले चेम्बरको स्थापना गरिएको जानकारी दिए।
अध्यक्ष श्रेष्ठले कार्यक्रममा उपस्थित भईदिन आग्रह गरेको छ। कार्यक्रममा उपस्थित हुनको लागि तलको लिंकमा गएर टिकट बुक गर्न सकिने छ।
https://greaternyncc.stripetickets.com/events/91951







प्रतिक्रिया