०६ चैत २०८२, शुक्रबार
Fri, Mar 20, 2026
SUBSCRIPTION

नेपाली महावाणिज्य दूतावासले म्यासाचुसेट्समा घुम्ति शिविर राख्ने

नेपाली महावाणिज्य दूतावासले म्यासाचुसेट्समा घुम्ति शिविर राख्ने

 

न्यू योर्क। नेपाली महावाणिज्य दुतावासको कार्यालय न्यू योर्कले म्यासाचुसेट्समा घुम्ति शिविर सञ्चालन गर्ने भएको छ। महावाणिज्य दुतावासले स्थानीय आसपासका राज्यमा बसोबास गर्ने नेपालीलाई कन्सुलर सेवा उपलब्ध गराउन घुम्ति शिविर राख्ने भएको हो।

घुम्ति शिविर ४३४ म्यासाचुसेन्ट्स एभेन्यू, अर्लिङ्टनमा नोभम्बर देखि ११ सम्म सञ्चालन हुनेछ। शिविरमा राहदानी, ट्राभल डकुमेन्ट, भीसा, एनआरएन कार्ड, कागजात प्रमाणिकरण लगायतका सेवा उपलब्ध गराइने छ। नवीकरणका लागि भने नोभेम्बर २०२५ अघि म्याद सकिने राहदानीको मात्र आवदेन लिइने महावाणिज्य दुतावासले जनाएको छ। तर, शिविरमा हराएको वा क्षति भएको जुनसुकै राहदानीको पनि आवेदन लिइने छ। 

महावाणिज्य दुतावासले गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएनए) को म्यासाचुसेट्स स्थित स्थानीय च्याप्टरसँग संयुक्त रुपमा शिविर सञ्चालन गर्न लागेको हो। महावाणिज्य दुतावासले शिविरका सम्बन्धमा एनआरएनए म्यासाचुसेट्स च्याप्टरका विभिन्न पदाधिकारीलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

महावाणिज्य दुतावासले उपलब्ध गराउने सेवा, सुविधा, शुल्क स्थानीय सम्पर्क व्यक्ति सम्बन्धी विवरणको पिडिएफ फाइल:

 

प्रतिक्रिया