०८ चैत २०८२, आइतबार
Sun, Mar 22, 2026
SUBSCRIPTION

दशैं शुरु, टुडिखेलमा फूलपाती बढाई (फोटोफिचर)

असत्यमाथि सत्यको विजयको रुपमा मनाउने दशैं घटस्थापनाको दिन घरघरमा जमरा राखेर शुरु भएपनि फुलपातीको दिनबाट भने औपचारिक रुपमा दर्शै शुरु भएको मानिन्छ ।
दशैं शुरु, टुडिखेलमा फूलपाती बढाई (फोटोफिचर)

काठमाडौ । हिन्दु धर्मावलम्बिहरुको महानचाड बडादशैं आजबाट औपचारिक रुपमा शुरु भएको छ । असत्यमाथि सत्यको विजयको रुपमा मनाउने दशैं घटस्थापनाको दिन घरघरमा जमरा राखेर शुरु भएपनि फुलपातीको दिनबाट भने औपचारिक रुपमा दर्शै शुरु भएको मानिन्छ । फूलपातीको दिनबाट नेपालमा सबै सरकारी कार्यालय, उद्योगधन्दा तथा शैक्षिक संस्था पूर्णिमाको दिनसम्म बन्द रहनेछ ।  

दशैं मनाउने क्रममा रोजगारीको सिलसिलामा परदेश र अन्य ठाँउहरुमा बस्दै आएकाहरु आफ्नो घर पुगेर परिवारसंग खुशीयालीकासाथ चाड मनाउने गर्दछन् । काठमाडौबाट मात्रै ६ लाख भन्दाबढी व्यक्तिहरु दशैंं मनाउन उपत्यकाबाट बाहिरिएका छन् । दशैंको बेला घटस्थापनादेखि नवमीसम्म शक्तिस्वरुपा दुर्गा भवानीको विभिन्न स्वरुपहरुको पूजा आरधाना गर्ने चलन रहेको छ भने दशमीका दिन विजय दशमीको रुपमा मान्यजन र ठूलाबडाको हातबाट टीका जमरा राखी आशिर्वाद लिने चलन छ । 

यसैवीच विहीबार दिउसो नेपाली सेनाले काठमाडौको टुडिखेलमा फुलपाती बढाई गरेको छ । गोर्खा दरबारबाट ल्याएको फूलपातीलाई आज काठमाडौमा भित्र्याइने चलन छ । यस अवसरमा टुडिखेलमा फूलपाती बढाईको आयोजना गरिएको हो । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरुले फूलपाती बढाईको अवलोकन गरेका थिए ।   

                                                                                            तस्बीरहरुः दिनेश भण्डारी

प्रतिक्रिया