०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

नेजाद्धारा ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकमाथि छलफल

नेजाद्धारा ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकमाथि छलफल

 टेक्सास । नेपाल अमेरिका पत्रकार संघ (नेजा)लेद्वन्द्व पत्रकारिताको एक दशकपुस्तकमाथि छलफल गरेको छ। नेजाले सुदूर पश्चिम समाज टेक्सासको सहकार्यमा पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक द्वन्द्वका १० वर्षमाथि छलफल गरेको हो। 

नेजाका सल्लाहकार सञ्जय घिमिरेले द्वन्द्व पत्रकारिताको एक दशकपुस्तक द्वन्द्वको १० वर्षको ऐना भएको बताए। 

घिमिरेले भने, पुस्तकले द्वन्द्व भोगेकाहरुलाई नमीठो विगत स्मरण गराउनुका साथै, द्वन्द्व नभोगेका अहिलेको पुस्तालाई पनि त्यो समयको अनुभूति गराउनेछ घिमिरेले द्वन्द्वको समयमा आफ्नो ज्यान जोखिममा राखेर नागरिकको सु-सूचित हुने बाँच्न पाउने अधिकारको सुरक्षाका लागि पत्रकारले अविचलित भएर कलम चलाएको बताए। 

द्वन्द्वमा कति पत्रकारहरु मारिए, कति बेपत्ता पारिए ? प्रेस स्वतन्त्रता उल्लंघनका घट्ना कति भए ? त्यसको नालिबेली तथ्यांक मात्र नभै पुस्तक द्वन्द्वको समयको साक्षी भएको पत्रकार घिमिरेको दावी छ। 

नेजाका अध्यक्ष सुरज भण्डारीले पुस्तकमा आम पत्रकारको अनुभव समेटिएको बताउँदै यो पुस्तक हामी सबैको साझा अनुभवको दस्ताबेज भएको बताए। समुदाय पत्रकारिताको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिँदै कार्यक्रमको समेत अध्यक्ष भण्डारीले पत्रकारिताको विकासमा समाजको भूमिका जरुरी रहेको तर्क गरे।

 

नेजाका पूर्वअध्यक्ष भोला आचार्यले पुस्तकमा आम पत्रकारको अनुभवको साझा दस्ताबेज भएको बताए। 

आचार्यले प्रवासमा रहेका पत्रकारलाई समाचार संकलन, प्रसारण तथा प्रकाशनमा आवश्यक सहयोग गर्न अमेरिकामा रहेका नेपाली समुदायलाई आग्रह गरे। 

समाचार माध्यम सामाजिक सञ्जालबीचको भिन्नतालाई बुझेर पत्रकारलाई सहयोग गर्न आचार्यको आग्रह छ। 

नेजाका निवर्तमान अध्यक्ष विकासराज न्यौपानेले पत्रकारले निष्पक्ष रुपमा समाचार लेख्ने गरेको बताउँदै समुदायको पक्षमा समाचार नलेख्दा पत्रकारलाई हेर्ने दृष्टिकोण नै फरक हुने बताए। 

पत्रकार एवं नेजा सदस्य गोपाल गड्तौलाले द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक नेपाली पत्रकारहरुले भोगेको समयको अनुभवको दस्तावेज भएको बताए।

गड्तौलाले भने, ‘यो पुस्तक हामी सबै पत्रकारहरुको अनुभव, संघर्ष, पीडा भोगाइको संगालो हो।’ 

नेजाका सदस्य तथा नेपाली ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल डा. भोजबहादुर बलायरले समाजलाई दिग्भ्रमित विखण्डन गर्ने खाल्को सूचना सम्प्रेषण नगर्न पत्रकारहरुलाई सुझाव दिए। 

सामाजिक सद्भाव समाजका सकारात्मक पक्षलाई उजागर गर्न पत्रकारहरुसँग बलायरको आग्रह छ। 

पुस्तकका लेखक तथा पत्रकार दीर्घराज उपाध्यायले द्वन्द्वको समयमा माओवादी राज्य पक्षबाट अपहरण तथा बेपत्ता पारिएकाहरुका बारेमा पत्रकारहरुले समयमै सूचना सम्प्रेषण गरेका कारण धेरै सर्वसाधारणको ज्यान जोगिएको अनुभव सुनाए।

पुस्तक द्वन्द्वका १० वर्षमा नेपाली समाजले भोगेको द्वन्द्वको दस्तावेज मात्र नभएर  युद्ध रिपोर्टिङका आफ्नो निजी अनुभव रहेको उनको भनाइ छ।  लेखक उपाध्यायले भने, पुस्तकमा नेपाल पत्रकार महासंघले पत्रकारहरुको पेसागत तथा भौतिक सुरक्षा लोकतन्त्रका लागि निर्बाह गरेको भूमिकाको पनि चर्चा गरेको छु

नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले कसैप्रति आग्रह वा पुर्वाग्रह नराखी निष्पक्ष ढंगले सूचना सम्प्रेषण गर्न पत्रकारसँग आग्रह गरे। 

सुदूर पश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष गगन केसीले समुदायमा हुने सबै प्रकारका सूचनालाई निष्पक्ष रुपमा आम समुदायमाझ पुर्याउन पत्रकारलाई आग्रह गरे।  अनेरास्ववियुका अध्यक्ष समिक बडालले द्वन्द्वमा नागरिकको जीवन रक्षाका लागि राज्य माओवादी पक्षलाई खबरदारी गरेको नेपाली पत्रकारिताले शान्ति प्रकृया, गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका प्रशंसनीय भएको बताए।

कार्यक्रममा पत्रकारिता समाजकै अभिन्न अंग भएकाले समाजको हितमा पत्रकारिता गर्न वक्ताहरुले आग्रह गरेका छन्। 

कार्यक्रममा एनआरएनए अमेरिकाका उपाध्यक्षद्वय नेत्र पाण्डे भानु खरेल, युनाइटेड नेप्लिज एसोसिसयनका अध्यक्ष भक्तबहादुर भण्डारी, प्रवासी नेपाली मञ्चका अध्यक्ष राजु नेपाल, ब्लड डोनर्स अफ एसोसियसनका उपाध्यक्ष  शिव काफ्ले, नेपाली समाज टेक्सासका प्रवक्ता किरण पौडेल, सचिव पुण्य पाण्डे, सामाजिक अभियन्ताहरू प्रभात दीक्षित, राम सी पोखरेल, बाल जोशी, प्रभात दीक्षित, अर्जुन फुयाँल, रोशनी पाण्डे लगायतले पत्रकारिता क्षेत्रसँग जोडिएका जनताका अपेक्षाका बोलेका थिए। 

नेजाका महासचिव बाबुराम दाहालले सञ्चालन गरेका थिए भने मध्य क्षेत्रीय संयोजक शंकर थापाले स्वागत मन्तव्य राखेको थिए। 

कार्यक्रममा पत्रकारहरु रामचन्द्र भट्ट, मनोज जोशी, लेखनाथ गौतम, ओम आचार्य, सन्देश उप्रेती, हरि सुवेदी, प्रकाश श्रेष्ठ, सुदीप सिवाकोटी, गुन्जन भण्डारी लगायतले समुदायले पत्रकारिताको मर्म, भूमिका आवश्यकताबोध गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया